‘सामुदायिक विद्यालयको सुधार गर्न साझा प्रयास आवश्यक’

  • मंसिर २४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,सामुदायिक विद्यालयको सुधानरको लागि लहान नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयको सुधारको लागि सामुदायको साझा प्रयास आवश्यक रहेको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ ।


लहान–१८ भदैया विसनपुरमा रहेको राजदेवी आधारभूत विद्यालयको दुई कोठे भवनको शिलान्यास तथा भूमि पूजा गर्दै प्रमुख साहले यस्तो बताउनु भएको हो ।

school  vadaiya news.65 photo
शैक्षिक गुणस्तर सुधारको लागि शिक्षकहरुलाई अनिवार्य आधारभूत तालिम,भौतिक पूर्वाधार निर्माण र लहान नगरपालिका शिक्षा शाखाले नियमित अनुगमनको पाटोलाई अघि बढाए पनि सामुदायले समेत उतिकै जिम्मेबारी बुझेर साझा प्रयास गरेमा सामुदायिक विद्यालयको सुधारमा समय नलाग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

school  vadaiya news.4 photo
प्रमुख साहले भन्नुभयो,‘शिक्षक सरुवा पनि सामुदायिक विद्यालयको सुधारकै लागि प्रयास थालिएको भएपनि शिक्षकहरु यसलाई सकारात्मक रुपमा नलिनुले समस्या भयो । शिक्षा शाखाले नगरको ५९ वटै सामुदायिक विद्यालयको सुधारको लागि शिक्षक र सामुदायसँग मिलेर शैक्षिक माहोल बनाउन लागेको छ ।’


लहान नगरपालिका शिक्षा शाखाका संयोजक राजकुमार साहले सामुदायिक विद्यालयको सुधारको लागि नगरपालिकाले गरिरहेको प्रयासलाई सबैले सघाउनुपर्ने आग्रह गर्नुभयो ।

school  vadaiya news.2 photo
उत्कृष्ट विधर्थी, शिक्षक, प्रधानाध्यापक र समितिलाई समेत पुरस्कृत गरी सुधारको लागि स्वस्थ्य प्रतिस्पर्धामा सामुदायिक विद्यालयलाई सुधार गर्नेमा जोड दिनुभयो ।


शिलान्यास कार्यक्रममा सगरमाथा माध्यमिक विद्यालयका प्रधानाध्यापक दोस्त बाहादुर भट्टराई,राजाजी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रदेव चौधरी,श्री जनता आधारभूत विद्यालय बैरिया गुँदीगाँउ लहान –१० का प्रधानाध्यापक रंगलाल साहले सामुदाय, समिति , नगरपालिकासँग सम्नवय गरेर विद्यालय सुधारको लागि प्रयास थालिसकेको धारणा व्यक्त गर्नुभयो ।

school  vadaiya news.3 photo
नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगर कमिटिका अध्यक्ष जिवछ यादव र संघीय समाजवादी शिक्षक फोरम लहान नगरकमिटि अध्यक्ष नेपाली साह र सगरमाथा माविका विद्यालय वयवस्थापन समिति अधयक्ष वरिेन्द्र चौधरीले सामुदायिक विद्यालय सुधार गर्न आपसी समझदारी र साझा दृष्टिकोण बनाएर अघि वढने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


लहान–१५ र लहान –१८ का वडाध्यक्षहरु क्रमशः तेजनारायण चौधरी र मो शम्शेरले जनप्रतिनिधिको हैसियतमा सामुदायिक विद्यालयको सुधारको लागि सहमति सहकार्य र एकताको माध्यमबाट अन्तर वडास्तरीय छलफललाई अघि बढाइने तर्क अघि सार्नुभयो ।


विद्याय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्यस विद्यालयका प्रधानाध्यापक उद्धव हमालले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।


लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने लहान १५ का सगरमाथा मावि,श्री राजाजी जनता मावि भदैया र राजदेवी आधारभूत विद्यालयमा दुई कोठे पककी भवनको लहान नगरपालिकाले शिलान्यास गरेर निर्माण कार्य अघि बढाई सकेको छ ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A