मल्टीमिडिया एलइडी सूचना बोर्डको निर्माण कार्य शुभारम्भ

  • मंसिर २५, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, लहान नगरपालिकाले नगरभित्र हुने दैनिकी गतिविधिको साथै समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको जनजीवमा सकारात्मक प्रभाव पार्ने सूचना सम्प्रेषण गर्नको लागि लहानको शहरी क्षेत्र ६ र ७ नम्बर वडामा मल्टिमिडिया सूचना बोर्डको निर्माण कार्यको उदघाटन लहान नगरप्रमुख मुनि साहले गर्नु भएको छ ।

निर्माण कार्यको शुभारम्भ गर्नुहुँदै नगरप्रमुख साहले भन्नुभयो,‘हाम्रो लहान सुन्दर र समृद्ध लहानको लागि लहान नगरपालिकाले दैनिकी विकास ,समृद्धिको र सामाजिक न्यायको लागि गरिरहेको गतिविधि ठूलो एलिडीको माध्यमबाट सहज रुपमा जानकारी पाउन सकून भने उद्येश्यले सूचना बोर्ड राख्न लागिएको हो ।’

विकास र समृद्धि सबैको सहयोग सहमति सहकार्य र एकताबाट मात्रै संभव भएकोले सकारात्मक सोचको साथ सबैले आफ्नो स्तरबाट हातेमालो गरी अघि बढ्न उहाँले सबैमा आग्रह गर्नुभयो ।समृद्धिपथ अनलाइनसंग कुरा गर्दै प्रमुख साहले आफू चुनवमा प्रतिवद्धता व्यक्ति गरेका ९० प्रतिशत काम सम्पन्न गर्नेगरी सबै योजनाहरु अघि बढाइसकेको प्रष्टाउनुभयो ।

उहाँले थप्नुभयो,‘डम्पिंगसाइट सुचारु गर्न र बाटरएडद्वारा संचालित आठ करोडको परियोजना संचालनको लागि लहान ४ का स्थानीयहरुबाट सहयोगको आवश्यक्ता छ । हरेक विकास निर्माणको कार्यमा अवरोध सृजना गर्न सम्य घर्काउने उद्येश्यले आदालतमै जानुपर्ने परिपाटीको अन्तय गरेर समयमै योजनाहरु सम्पन्न गर्न सम्बाद र छलफलको बाटो रोज्नु उपयुक्त हुनेछ ।’

लहानको सामुदायिक विद्यालयहरुको सुधारको लागि पूरानो इतिहास बोकेका नाम चलेका विद्यालयहरुमा दर्जनौ मुद्दाहरु आदालतमा पुगेपछि चाहेर पनि सुधार गर्न नगरपालिकालाई समस्या भइरहेको नगरप्रमुख साहले भन्दै सामुदायिक विद्यालयको सुधारको लागि समेत सकारात्मक भइ सहयोगीको भूमिका खेलिदिन सबैमा आग्रह गर्नुभयो ।

मंसिर २३ गते उच्च अदालत जनकपुरको राजविराज इजलासले सूचना बोर्ड राख्न परेको रीट खारेज भएपछि काम गर्न बाटो खुलेको लहान नगरपालिकाका कानुनी सललाहकार तथा अधिवक्ता प्रमोद कुमार भटराइले जानकारी दिनुभयो ।

विहिबार बोर्डको शुभारम्झ कार्यक्रममा लहान ५,७,९,१०,११ ,१७ र १९ नम्बर वडाका वडाध्यक्ष त्रमशः मो सुलेमान अन्सारी,राकेश रोशन गुप्ता,प्रदिप कुमार चौधरी,राजकुमार साह , प्रथमलाल चौधरी र मो हकिम समेतको उपस्थिति रहेको थियो ।

lahan news 25.photo 2

सूचना बोर्डले लहानको बजार क्षेत्रको विकासमा कोसे ढुंगा सावित भएको लहान ७ को वडाध्यक्ष राकेश रोशन गुप्ताले प्रतिक्रिया दिनुहँदै विकासको काममा सबैले आफ्नो स्तरबाट सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

भ्याट सहित १५ लाख ५३ हजार ७५० रकम लगानीमा बोर्ड निर्माणको लागि फयाबुल्सईन्जिनियरिङग ट्रेडर्स वाफल काठमाण्डौले २०७७ पुष १५ गते काम सम्पन्न गर्ने परियोजनाको बोर्डमा उल्लेख रहेको छ ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A