समृद्धिपथ समाचारदाता,
लहान । लहान नगरपालिका वडा नम्बर ९ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण कार्य सुरु भएको छ । लहानका उत्तरी ग्रामीण भेगका हजारौ स्थानीयहरुले स्वास्थ्य लाभ लिइने उद्देश्यका साथ स्वास्थ्य सेवा केन्द्र निर्माण गर्न लागिएको हो ।
लहान–९ गोठ टोलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण कार्यको शिलान्यास गर्दै नगरप्रमुख मुनि साहले भन्नुभयो, यस स्वास्थ्य सेवा केन्द्रले ग्रामीण भेगको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने छ । आधारभूत स्वास्थ्य उपचार र स्वास्थ्य सेवा उपलब्ध गराउन क्रमशः यस अस्पतालको स्तरोन्नती गर्दै दीर्घकालिन योजना लिएर निर्माण कार्य अघि बढाएको हो ।

लहान ९ का गरीव दलित मुस्लिम र थारु समुदायको सघन बसोबास रहेको वस्तीमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर लहान नगरपालिकाले राम्रो कार्य गरेको स्थानीय संजय कुमार साहले खुसी व्यक्त गर्नुभयो । उहाँका अनुसार स्वास्थ्य उपचारकै लागि निकै टाढा जानुपर्ने बाध्यता स्वास्थ्य सेवा केन्द्र संचालन भएपछि हट्ने छ । जनप्रतिनिधिहरुले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्नै लागेकोमा हामी स्थानीय हर्षित छौ ।

वडानम्बर ९ का वडाध्यक्ष प्रदिप कुमार चौधरीले चुनावको वेला स्थानीय जनतासँग गरेको प्रतिवद्धता अनुसार स्वास्थ्य सेवा केन्द्र निर्माणको कार्यलाई अघि बढाएको प्रष्टयाउदै यस वडामा सडक, कृषि , शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम भएको बताउनुभयो ।
गोपी कृष्ण कन्सट्रक्शन लहान १९ ले २०७८ जेठ ३० गते सम्पन्न गर्ने गरी २३ लाख २३ हजार २३७ मा निर्माणको लागि ठेक्का दिएको लहान नगरपालिकाले जनाएको छ ।
कार्यक्रमा लहान नगरपालिकाका उपप्रमुख सरियार कुमारी चौधरी, लहान ११ का वडाध्यक्ष तथा लहान नगरपालिकाका प्रवक्ता राजकुमार साह, लहान १७ का वडाध्यक्ष प्रथमलाल चौधरी, लहान १६ का वडाध्यक्ष गरुड बहादुर जर्घामगर, पूर्व वडाध्यक्ष ज्वाला प्रसाद चौधरी, समाजसेवी केदार मल्ला, नेपाली साह लगायतका उपस्थिती रहेको थियो ।
कार्यक्रम लहान ९ का वडाध्यक्ष प्रदिप कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन लहान नगरपालिकाका कर्मचारी लखनलाल साहले गरेको थियो ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A