अन्ततः बादलको पनि प्रचण्डसँग डिभोर्स

  • पुस ९, २०७७
  • समृद्धिपथ
alt

काठमाडौं । नेकपा विभाजनमा कतै पनि नखुलेका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा अन्ततः केपी शर्मा ओलीकै पक्षमा उभिने निर्णयमा पुगेका छन् ।

पार्टी विभाजनको स्पष्ट सन्देश प्रवाह गर्नुपूर्व दुवै पक्षले बोलाएको केन्द्रीय समिति एवं पूर्वसांसदहरूको भेलामा थापा तटस्थ देखिएका थिए । उनीपक्षीय पूर्वमाओवादी खेमाका अधिकांश नेताले भने उनलाई प्रचण्ड–माधव नेपाल समूह रोज्न सुझाएका थिए । तर तर केही दिनको मौनता पछि थापाले केपीको साथ छाड्न नसक्ने निर्णय उनीनिकट नेतालाई सुनाएका छन् ।

यद्यपि, थापाले यसबारे औपचारिक रूपमा केही बताएका छन् । बिहीबार यसबारे जानकारी दिने तयारी थापाले गरेको बुझिएको छ ।

‘पार्टी विभाजनपछि आफूनिकटस्थसँग छलफल गर्नु भएका थापा अन्ततः प्रचण्ड–माधव समूहलाई नभएर केपी शर्मा ओलीलाई नै साथ दिने निष्कर्षमा पुग्नु भएको छ,’ बादलनिकट एक नेताले साँघुसँग भने ।

बादलले प्रधानमन्त्रीको समूहमा रहने निर्णय लिएपछि उनीनिकट केन्द्र तथा जिल्ला तहका नेतालाई यसबारे जानकारी दिइएको छ । केहीले बादलको निर्णयप्रति असन्तोष जनाएका छन् । बादलनिकट लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य आईपी खरेलले उनको राजनीतिक यात्राप्रति शुभेच्छा प्रकट गर्दै सति जान नसक्ने तिखो टिप्पणी गरेका छन् ।

कित बिग्रियो प्रचण्ड–बादल सम्बन्ध ?

तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका बादलको त्यसका नेतृत्वकर्ता प्रचण्डसँगको यो दोस्रो डिभोर्स हो । यसअघि पनि उनले प्रचण्डको शैलीप्रति असन्तुष्टि जनाउँदै एक समूह लिएर पार्टी विभाजन गरेका थिए । अलग पार्टीले खासै गति लिन नसकेपछि भने थापा पुनः मूल घरमै फर्किए ।

केपी ओली नेतृत्वमा सरकार निर्माण हुने भएपछि पूर्वमाओवादीको भागमा परेको गृहमा थापालाई पठाउन उनै प्रचण्डको जोडबल थियो । तर मन्त्री भएपछि प्रचण्ड र बादलको सम्बन्ध सुमधुर रहेन । केपीसँगको द्वन्द्वमा प्रचण्डले बादलबाट साथ खोजेका थिए । तर बादलले प्रचण्डको अपेक्षा पूरा गर्न सकेनन् । एउटै मन्त्रिपरिषदमा रहँदासम्म केपीको विरोधमा लाग्नु अनैतिक हुने तर्क थियो । यही कारण चिसिन पुगेको सम्बन्ध अन्ततः पार्टी विभाजन हुँदासमेत सङ्लन नसकेको बताइन्छ ।

बादलले ओली समूहमा लाग्ने निर्णय लिए पनि उनीपक्षीय पुराना नेता भने प्रचण्डतिर लागेका छन् । देव गुरुङ, पम्फा भुसाल, लेखनाथ न्यौपानेलगायत नेता बादलतिर नलागेर अर्को समूहमा मिसिएका हुन् । साँघु न्यूजबाट

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A