लहान । सहज परियोजनाले गर्दा लैंगिक हिंसा प्रभावितहरुको सुरक्षा र न्यायमा पहुँच अभिवृद्धि भएको सरोकारवलाले बताएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका, राजविराज नगरपालिका, बोदेवरसाइन नगरपालिका, राजगढ गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा सम्पन्न सहज परियोजना सल्लाहकार समितिको बैठकका सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा मंगलवार सम्पन्न सहज परियोजना सल्लाहकार समितिको बैठकमा सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले सहज परियोजनाका कारण नगरका लैंगिक हिंसा प्रभावितलाई सुरक्षा र न्यायमा पहुँच अभिवृद्धि गर्न सहयोग पुगेको बताउनु भयो । आफनै श्रीमानले शरिरमा आगो लगाएपछि घाइते भएकी स्थानीय बसन्ती सदायले सहज परियोजनाको कारण जीवन पाएको वहाँले बताउनु भयो ।
सहज परियोजना सल्लाहकार समितिका संयोजक एवम् सुरुङ्गा नगर उपप्रमुख विन्दा कुमारी पासवानले नगरपालिकाले लैंगिक हिंसा विरुद्ध चालिरहेको महाअभियानका लागि सहज परियोजनाको मुख्य सहयोग भएको बताउनु भयो ।
सोही बैठकमा सहभागी इलाका प्रहरी कार्यालय भेडियाका प्रमुख मोहम्मद सागिरले सहज परियोजनाको कारण आत्मविश्वासका साथ निर्धक सेवा लिन आउने सेवाग्राहीको संख्यामा बृद्धि भएको बताउनु भयो ।
यस्तै बुधवार राजविराजमा सम्पन्न सहज परियोजना सल्लाहकार समितिको बैठकमा सम्बोधन गर्दै राजविराज नगर उपप्रमुख साधना झाले सहज परियोजनाको गतिविधिले नागरिकहरु लैंगिक हिंसा विरुद्ध सचेतना अभिवृद्धि गरेको बताउनु भयो ।
युकेएडको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्र लहानले सञ्चालन गरिरहेको सहज परियोजना अन्तरगत सो पालिकाहरुमा भएको परियोजना सल्लाहकार समितिको बैठकमा परियोजना अन्तरगत हालसम्म भएको क्रियाकलापको समीक्षा गर्दै अगामी योजनाबारे छलफल गरिएको सहज परियोजना कार्यक्रम अधिकृत रामभरोसी महतोले जानकारी दिनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A