राजविराज । लैङ्गिक हिंसा नियन्त्रणका लागि सप्तरीको राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा पालिका स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन भएको छ ।
सप्तरीको राजविराज नगरपालिकाको सभा हलमा बुधवार भएको नगर भरीका अगुवा महिला महिला तथा पुरुषहरुको भेलाले १९ सदस्य पालिका स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरेको हो ।
भेलाले सञ्जालको संयोजकमा महिलाअधिकारकर्मी साधना कर्णलाई चयन गरेको छ भने अगुवा महिला सन्जु रायलाई सह संयोजक, रेहाना खातुन सचिव, विजय देवी यादव सह सचिव र चन्द्रशेखर साफीलाई कोषाध्यक्षमा चयन गरेको छ ।
यस्तै सञ्जालको सदस्यमा निर्मला पोखरेल, अनारदेवी चौधरी, ज्ञानु भट्टराई भवानी यादव, पवन देवी खंग, विजय कुमार यादव, मनोज साह, उर्मिला कुमारी यादव, अनिषा ठाकुर लगायतका रहेको राजविराज नगरपालिका महिला शाखाकी अनिता चौधरीले जानकारी दिनुभयो ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बुधवार भएको भेलाले पालिका स्तरी लैंगिक हिंसा नियन्त्रण सञ्जालको अध्यक्षमा अगुवा महिला संगिता मण्डललाई चयन गरेको छ ।
तिलाठीकोइलाडी गाउपालिकाको महिला शाखाकी निलम वर्माको उपस्थितीमा भएको भेलाले सञ्जालको उपाध्यक्षमा भगवत साह, आशा सिंह, सचिवमा कामेश्वर राम, सह सचिव मोहित कुमार चौधरी, कोषाध्यक्षमा महादेवी मण्डललाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा उषा मण्डल, निलम बर्मा, राम यादव, रामनारायण मण्डल, त्रिफुल सरदार, दुर्गा देवी मण्डल, प्रहरी चौकी को बरसाइनलाई चयन गरेको छ । यस्तै भेलाले समितको सल्लाहकारमा सुनर खंग र दयावती सरदारलाई चयन गरेको समग्र जन उत्थान केन्द्रका स्थानीय सहजकर्ता रिंकु मण्डलले जानकारी दिनुभयो ।
युकेएडको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्र लहानद्धारा सञ्चालन सहज परियोजना अन्तरगत बुधवार सप्तरीको राजविराज नगरपालिका र तिलाठीकोइलाडी गाउँपालिकामा भएको लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल सम्बन्धी अभिमुखिकरणमा सहभागीहरुले सञ्जालको महत्व र आवश्यकता बारे बुझेपछि सञ्जाल गठन गरेको हो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A