नेपाल औषधि व्यवसायी संघको प्रदेश शाखा गठन गर्नेमा पहिलो प्रदेश बन्यो प्रदेश नम्बर दुई

  • पुस ११, २०७७
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,
लहान, ११ पुस । नेपाल औषधि व्यवसायी संघ प्रदेश नम्बर २ को प्रथम प्रादेशिक अधिवेशन २०७७ सम्पन्न भएको छ । शनिबार सिरहाको लहानमा भव्यताका साथ प्रादेशिक अधिवेशन सम्पन्न गरेर प्रदेश नम्बर २ नेपालमै प्रदेश शाखा गठन गर्नेमा पहिलो प्रदेश बनेको हो ।

अधिवेशनको समुद्घाटन कार्यक्रमा बोल्दै प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले संघिय संरचना अन्तर्गत प्रदेश नम्बर २ ले नेपालकै पहिलो प्रादेशिक अधिवेशन गरेर प्रथम हुनु भएकामा खुशी व्यक्त गर्दै अरु प्रदेशले पनि यसको सिको गर्ने बताउनु भयो ।

IMG_20201226_110716

कार्यक्रममा ओरिएन्टेशन कोर्ष किन हुन नसकेको प्रश्नको जवाफ दिदै केन्द्रिय अध्यक्ष श्रेष्ठले डि फार्मेसीहरुको संख्या बढी भैसकेकोले ओरिएन्टेशन कोर्ष गर्न सरकारले रोक लगाएको प्रष्ट पार्नु भयो ।

उहाँले सहमतिकै आधारमा प्रदेश कार्य समिति चयन गर्न सम्पूर्ण औषधि व्यवसायीहरुलाई आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभाग बिराटनगरका प्रमुख संजिव कटेलले सरकारको नीति, नियम र कार्यविधिको परिधिभित्र रहेर औषधिको उत्पादन तथा बिक्री वितरण गर्न औषधि व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।

उहाँले औषधि व्यवसाय अन्य व्यवसायभन्दा फरक रहेको छ । यो व्यवसायले मानिसको जीवन–मरणसँग सरोकार राख्छ। जसले यो व्यवसाय अँगालेको छ, उसमा व्यापारिक मनसायभन्दा सेवा भावना बढी हुनु पर्ने बताउनु भयो ।

IMG_20201226_132348

सगरमाथा अञ्चल शाखा कार्यालय लहानको आयोजनामा संचालित कार्यक्रमा नारायणी अञ्चल शाखाका महासचिव पप्पु झा, पर्सा जिल्ला अध्यक्ष ताजुद्दिन अन्सारी, पूर्व केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई, केन्द्रिय बरिष्ठ उपाध्यक्ष प्रकाश कुमार खण्डेनवाल, सगरमाथा अञ्चल शाखाका मानार्थ सदस्य शंकर शारडा, कोशी अञ्चल शाखाका अध्यक्ष कुमार खतिवडा, पूर्व केन्द्रिय सदस्य तथा जनपुरका पूर्व मेयर बजरंग प्रसाद साह, टिइएएन प्रदेश नम्बर २ का अध्यक्ष रजनिस पाण्डे, जनकपुर अञ्चल शाखाका महासचिव प्रमोद अग्रवाल लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।

नेपाल औषधि व्यवसायी संघ सिरहाका अध्यक्ष श्याम प्रसाद राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषण सिरहा शाखाकी सदस्य जानुका पराजुलीले गरेकी थिइन्

IMG_20201226_134414

IMG_20201226_122253

IMG_20201226_121351

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A