‘स्वास्थ्य सेवा सहज भए मात्रै समृद्ध लहान हुने’

  • पुस १७, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,पुस १७ गते । ‘हाम्रो लहान समृद्ध लहान’को नारा हरेक सार्वजनिक मञ्चहरुमा जनप्रतिनिधिहरुबाट अभिव्यक्त भइरहेका छन् । यस नारालाई सफल बनाउन विभिन्न क्षेत्रमा काम गर्नुपर्ने आवश्यक्ता भएपनि स्वास्थ्य सेवालाई सहज बनाउन सकेमात्रै नारा कार्यान्वयन हुने लहान नगरप्रमुख मुनि साहले जोड दिनु भएको छ ।

अन्तराष्ट्रिय वर्ष २०२१ के पहिलो दिन विहानै लहान नगरपालिका–५ खुटि किनारमा रहेको सार्वजानिक जग्गामा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण कार्यलाई शिलान्यास गर्दै यस्तो बताउनु भएको हो ।

चुनावको समयमा नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा हुनै लागेको नगरप्रमुख साहले भन्दै २४ वटा वडाहरुमध्ये १३ वटा वडामा स्वास्थ्य चौकी बनाउने लक्षय पुरा गर्न बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो,‘१३ मधये १० वटा वडामा अस्पताल निर्माण कार्य सुरु भैसकेको छ भने तीन वटा वडामा भवन निर्माणको लागि जग्गा खोजि गर्ने कार्य जारी छ । हरेक नगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा पुरयाउने उद्येश्यले स्वास्थ्य चौकी निर्माणमा जोड दिएको हो ।’

lahan 5 news.photo 2

लहान– ५ मा निर्माणपछि संचालनमा आउने स्वास्थ्य केन्द्रले लहामन ४,६ र ७ को लागि समेत नजिक पर्ने उपयोगी ठाँउमा निर्माण भइरहेको प्रमुख साहले प्रष्टयाँउदै लहान नगरपालिकाले शिक्षा, स्वास्थ्य,कृषि, सडक,पर्यटन र सामाजिक न्यायको लागि काम गरिरहेको बताउनुभयो ।

चुनावी प्रतिवद्धता अनुसार सतप्रतिशत काम गर्न नै आँटेको भएपनि ९० प्रतिशत काम गरि छाड्ने गरी काम अघि बढिरहेको छ । दस प्रतिशत कार्य संघीय सरकारको सहयोगबाट मात्रै संभव हुने भएकोले यसको लागि समेत प्रयास जारी रहेको उहाँले विश्वास दिलाउनुभयो ।

जनप्रतिनिधिहरु आएपछि त खुटी किनारमा व्यवस्थित विद्यालय, होमोयोपैथिक अस्पताल स्ुन्दरपार्क,व्यापक सरसफाइ खुटीले गरिरहेको वर्षेनी कटानलाई नियणत्रण गर्न क्रेटिङ लगायतका कामहरुले त खुटीको पश्चिमी किनार यतिवेला क्या राम्रो विकास भएको स्थानीयहरुले भन्ने साझा भनाई भएको छ । लहान ५ का स्थानीय लक्ष्मी मेस्तर,ओम प्रकाश साहले केहि वर्ष पहिले खुल्ला दिसा गरेर दुर्गन्धित रहेको खुटी किनार यतिवेला मनमोहक बन्न लागेको खुसी व्यक्त गर्नुभयो ।

lahan 5 news.photo 3

शिलान्यास कार्यक्रममा नगरउप्रमुख सरियार कुमारी चौधरी, ७,९,१७ नम्बरका वडाधयक्षहरु क्रमशः राकेश रोशन गुप्ता प्रदिप चौधरी र प्रथमलाल चौधरीले विकास निर्माणको कार्यमा अवरोध कसैले गर्नु हुँदैन सामुहिक रुपमा धारणा राख्दै ठेकेदारहरुले काम समयमा सम्पन्न गर्नुपर्ने तर्क गर्नुभयो ।
भ्याट सहित २२ लाख ९१ हजार ५०१. ५२ रुपियाामा २०७८ जेठ ३० गतेमा सम्पन्न गर्ने गरी नाइस कन्ट्रक्शन सिरहा १ ले ठेक्का लिएको हो भने निर्माण कार्य हेर्ने इन्जिनियर एकमणि सिफलिया रहेको लहान नगरपालिकाले जनाएको छ ।

शिलान्यास कार्यक्रमको अध्यक्षता वडा नम्बर ५ का वडाधयष मो सुलेमान अन्सारीले गर्नु भएको कार्यक्रममा प्रमुख प्रशासकीय प्रमुख खेम भुसाल, सुखीपुर नगरपालिका ४ का वडाधयक्ष राम लोभित यादव , एभरेष्ट क्लेजका संस्थापक अध्यक्ष माधव शर्मा बुद्धिजीवी धरणीधर अधिकारी लगायत स्थानीयहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन लहान नगरपालिकाका कर्मचारी रामलखन साहले गर्नु भएको थियो ।

 

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A