ट्रायक खुलेपछि स्थानीय दङ,नगरप्रमुख साहले गरे प्रतिवद्धता पुरा

  • पुस १९, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,पुस १९ गते । लहान नगरपालिका–१५ बेतहा खोला पुस १८ गते दुर्गमबाट सुगममा परिणत भएको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । शनिबार बेतहा खोलामा सिमलटोकी देखि बेतहासम्मको ट्रायक खुलेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

२०७५ मंसिर महिनामा बेतहा खोलाको अनुगमन निरिक्षण गर्न पुगेको वेला जसरीपनि दुर्गमलाई सुगम बनाउन ट्रायक खोल्ने प्रतिवद्धता स्थानीयहरुसँग प्रमुख साहले गर्नुभएको थियो ।

ट्रायक खोल्ने  प्रतिवद्धतालाई दुई वर्ष अघि स्थानीयहरुले हल्का रुपमा लिएपनि आफू गम्भीर भएर ट्रायक खोल्न लागेर संभव गरेको नगरप्रमुख साहले कार्यक्रममा भन्दै बेतहाखोलामा रहेका ८७ घरपरिवारलाई रोजगारी दिन बाख्रा पालन, पशुपालन र कृषि लगानी लगाएर यस भेगको सबै समस्या हल गर्ने अर्को प्रतिवद्धता गर्नुभयो ।

बेतहा खोलाको सिमलटोकीबाट आउन झण्डै चार घण्टाको ओकालो ओरालो पहाढड र जंगलको ट्रायक खोल्ने प्राविधिकहरुले तीन करोड रकम लाग्ने बताएपनि तीस लाखभन्दा ककमा नै सात किलोमिटर ट्रायक खुलीसकेको र दुई तीन किलोमिटर अझै बनाउनुपर्ने केहि काम बाँकी रहेको छ । बँँकी काम पनि एक हप्ताभित्रै सकिने छ । ट्रायक खोल्न स्काभेटरका चालक डम्बर चौधरी, स्थानीय युवा जागेश्वर चौधरी, शिवनारायण चौधरी , विरेन्द्र चौधरी वडाध्यक्ष तेज नारायण चौधरी र स्थानीयहरुको सहयोगले सफल भएको नगरप्रमुख साहले प्रष्टयाउनुभयो ।

durgamlai sugam banaune wacha pura news photo 2

२८ वर्षदेखि ट्रायक खोल्न चारैतिर निवेदन चढाए । विभिन्न चुनावमा नेताहरुले एक पटक मत माग्न आउने वेलामा ट्रायक खोल्न प्रतिवद्धता जनाएपनि कसैले ध्यान दिनुभएन । तर लहान नगरप्रमुख मुनि साह, उपप्रमुख सरियार कुमारी चौधरी, वडाध्यक्षहरु सहितको टोलीले अनुगमन गरेर गएपछि लहान नगरपालिकाले ट्रायक खोलेर बेतहाखोलाबासीको समस्या समाधान भएको स्थानीय तीर्थ कुमार राइले उदघाटन कार्यक्रममा खुसीको आशु झार्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

लहान १५ कै बयोवृद्ध नेपाली काँग्रेसको पुरानो नेता टिका वाहादुर राउतले आफू फरक राजनीतिक दलको नेता भएपनि नगरप्रमुखको ट्रायक खोल्ने कार्यको उच्च मूल्याकंन गरेको भन्दै लहान लहान नगरप्रमुख साहले प्रतिवद्धता पुरा गरेर दुर्गम ठाँउलाई सुगम बनाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँ जे बोल्नु हुन्छ, त्यो पुरा गर्ने वचनको पकका नेता भएको प्रमाणि गरेर देखाउनुभयो, लहानको शहरी र ग्रामीण भेगको विकासलाई सन्तुलनमा राखेर आफ्ना चुनावी प्रतिवद्धतानहरु सवै पुरा गर्न लागेको नेता राउतले हृदय खोलेर सराहना गर्नुभएको थियो ।

लहान १५ का वडाधयक्ष तेज नारायण चौधरीले यस वडामा रहेको राजदेवी मन्दिरमा धर्मशाला निर्माण, पञ्चावती राजदेवी पककी सडक निर्माण, विभिन्न सामुदायिक विद्यालयहरुको भवन निर्माण,स्वास्थ्य चौकी निर्माण र दुर्गम रहेको बेतहा खोलाको ट्रायक खोलेर लहान नगरपालिकाले उत्तरी भेगमा रहेको यस वडाको विकास कार्यलाई प्राथमिकतामा राखेको धारणा व्यक्त गर्नुभयो ।

ट्रयाक खुलेपछि प्रसुती व्याथा लागेका महिलाहरुले स्वास्थ्य उपचार समयमा पाउन नसकेर मृत्युको मुखमा पुग्ने समस्याबाट मुक्त हुनुको साथै यस भेगमा समृद्धिको ट्रयाक समेत खुलेको वडा सदस्य राम कुमारी दासले खुसी व्यक्त गर्नुभयो ।

लहान ११ र १९ नम्बरका वडाध्यक्ष क्रमशः राज कुमार साह,मो हकिम अन्सारी र स्थानीय बुद्धिजीवि भरभलादमी शिक्षकहरु समेत मोटर गाडीमा चढेर बेतहा खोलामा आयोजित ट्रायक उदघाट्न कार्यक्रममा सहभागी भएको थियो । कार्यक्रम ट्रायक रेखदेख समितिको अधयक्ष शिव नारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो संचालन जागेश्वर चौधरीले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी सबैलाई खुसीले गदगद भइ स्थानीयहरुले फूलको माला लगाई खादा ओढाएर स्वागत तथा सम्मन गरेका थिए ।

durgamlai sugam banaune wacha pura news photo 3

शनिबार बेतहा खोलाको ट्रायक उद्घाटन पूर्व लहान नगरप्रमसुख साहले लहान नगरपालिकबाको राजधानी वडाको रुपमा चिनिएको लहान १० ग्रामीण चोकदेखि उत्तर गुदीगााउ सम्म जाने सडक फराकिलो मर्मत र नाला निर्माण कार्यको बैनर खोलेर सुरुवात गर्नु भएको थियो भने लहान १५ ढोडनामा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । शिलानयास कार्यक्रममा आफूले चुनावमा गरेको शतप्रतिशत काम नै सम्पन्न गर्ने गरी रफतारमा अघि बढिरहेको जानकारी गराउनु भएको थियो ।

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A