‘प्रचण्ड–माधव गुटले वैठकमा जनहितको प्रस्ताव कहिलेपनि ल्याउनु भएन’

  • पुस २०, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
नेपाल सरकारका उपप्रधानमन्त्री तथा सचिवालय सदस्य इश्वर पोखरेलले नेकपाको ७४ वटा बैठक बस्दा प्रचण्ड –माधव समूहले झमेला गर्ने प्रस्ताव ल्याएर सरकार र पार्टीलाई अल्झाउने गरेको खुलासा गर्नु भएको छ ।

नेकपा सिरहाले आयोजना गरेको अगुवा नेता कार्यकर्ताको भेलालाई सोमबार चोहर्वामा सम्बोधन गर्दै यस्तो खुलासा गर्नु भएको हो ।

जनताले दुई तिहाइको मत दिएर नेकपाको सरकार पाँच वर्षको लागि चलाउन दिएको थियो । तीन वर्षमै सरकार अर्को चुनावमा जानुपर्ने अवस्था आँउदा निरास हुनु स्वभाविकै हो । तर सरकारसँग संसद विघट्न गरेर चुनावमा जानुको विकल्प नभएर लोकतन्त्र र संविधानको रक्षाको लागि चुनावको घोषणा गर्नु परेको मन्त्री पोखरेलले बताउनुभयो 

उहाँले भन्नुभयो,‘सचिवालयको बैठकमा सरकार र पार्टी कसरी संचालन गरेर समृद्ध नेपाल, सुखी नेपालको नारा कार्यान्वयन नगरेर मन्त्री बनाउने, राजदुत नियुक्ती गर्ने जस्ता विषयहरु उठाएर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई काम गर्न दिएन ।’

नेकपा एमाले र माओवादी मिलेर जनता नेता कार्यकर्ता सबैमा खुसीको लहर देखिएपनि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ट नेताद्वय माधव कुमार नेपाल रझलनाथ खनाल भित्री हृदयले प्रधानमन्त्री ओलीलाई कसरी असफल बनाउने जालझेल र षडयन्त्रमा मात्रै समय खर्च गरेर समस्या सृजना गरेपछि संसद विघटन गरी ताजा जनादेशको लागि चुनावको घोषणा गर्नु परेको हो, उहाँले प्रष्टयाउनुभयो ।

मन्त्री पोखरेलले थप्नुभयो,‘अझैपनि नेकपामा एकता हुन सक्ने संभावना टरिसकेको छैन । यसको लागि कातिक २८ गते सचिवालयमा छापामारको शैलीमा फौजदारी अभियोग समेत लगाउने गरी दर्ता भएको अभियोगपत्र फिर्ता लिएर चुनावमा जान तयार हुनुपर्छ ।’

प्रधामनमन्त्री केपी ओली दोश्रो मृगौला ट्रान्सप्लान्ट गरेर नीको भएपछि जलन चिरचिराहट र कुण्ठा बोकेका नेताहरु साझ विहान दुबै समय गोप्य बैठक बसेर पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन षडयन्त्र गर्न मात्रै तल्लीन रहेका प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव ल्याउन लागेकोले प्रधानमन्त्रीले संसद विघट्न गर्न बाध्य हुनु भएको उपप्रधानमन्त्री पोखरेलले प्रष्टयाउनुभयो ।

लिम्पियाधुरा र लेपुलेक नेपालको नक्सामा छापेपछि भारतीय हस्तक्षेपको डटेर सामना गर्ने प्रधानमन्त्री विरुद्ध षडयन्त्र गर्नेहरु चुनावबाट डराएर अनेकन सडक नाटकहरु गरीरहेका छन् । जनतामा जान हिम्मत नभएकाहरु लेकतन्त्रबादी हुनै नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।

शहरी विकास तथा नेकपाका केन्द्रिय सदस्य प्रभु साहले सिरहा परिवर्तन र क्रान्तिको पक्षमा सधै खडा उभिने गरेको इतिहास रहेको भन्दै प्रचण्ड–माधव समूहबाट फैलाएको भ्रम चिर्न नेकपाका अगुवा नेता कार्यकर्ताहरु गाँउ गाँउमा गएर सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।

ishwar pokhrel news push 20.photo 2

उहाँले भन्नुभयो,‘प्रचण्डमा कुनैपनि क्रान्तिकारी गुण छैन । क्रान्तिलाई विक्री गरेर जालझेलमा उत्रिरहेको षडयन्त्रकारीहरुबाट सचेत हुनु जररी छ । झुठ र सत्यको बीचमा चलिरहेको सघर्षमा प्रधानमन्त्री ओली सत्यको पक्षमा उभिनु भएको छ । पूर्व माओवादी नेता कार्यकर्ताहरु सत्यको पक्षमा उभिनु आवश्यक छ ।’
संसद भङग भएपछि कोहिपनि खुसी छैन तर यो वाध्यात्मक अवस्थामा गर्नुपरेको छ । लोकतन्त्रको रक्षाको लागि चुनावको विकल्प हुँदैन । चुनावबाट भाग्नेहरु लोकतन्त्रवादी हुनै नसक्नेमा उहाँले जोड दिनुभयो ।

कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सिरहाका लोकप्रिय नेता लिलानाथ श्रेष्ठले १४ वर्ष हत्कडी लगाएर जेल जीवन विताउनु भएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले मधेशलाई जति माया गर्नुभयो त्यति माया गर्ने अर्को कुनै प्रधानमन्त्री नभएको ठोकुवा गर्नुभयो ।

ishwar pokhrel news push 20.photo 3

मधेशको लाइफलाइनको रुपमा रहेको हुलाकी सडक निर्माण,प्रत्येक जिल्ला सदरमुकामा प्रत्येक वर्ष ५० करोड रकम शहरी विकासको लागि उपलब्ध गराउनु, शहरी क्षेत्रमा ६ लेन र खुलला ठाँउमा ४ लेन सडक निर्माण , सिरहामा चारवटा उत्तर दक्षिण जाने राष्ट्रिय राजमार्ग र यस वर्ष सिरहामा चार हजार परिवारलाई फुसको घर विस्थापित गर्न प्रति परिवार ५० हजारको दरले रकम वितरण लगायतका कार्यहरु अघि बढिरहेको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो ।

संविधानमा रहेको व्यवस्था अनुसार नै संसद विघट्न गरेकोले चुनावको विकल्प नभएको भन्दै आउने चुनावमा सिरहा जिललामा नेकपाले चारै चुनाव क्षेत्रमा विजय हुने गरी अगुवा नेता कार्यकर्ताहरु भ्रमलाई चिर्दै संगठित लाग्न उहााले आग्रह गर्नुभयो ।

पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा नेकपाका स्थायी कमिटि सदस्य रघुवीर महासेठले चुनावदेखि डराउनेहरुले लोकतन्त्रको कुरा गर्न नसुहाउने भन्दै आफ्नो लोकप्रियता चुनावबाट परीक्षण गर्न आग्रह गर्नुभयो ।

ishwar pokhrel news push 20.photo 4

तपाइहरु ढुक्क हुनुस कानुनी , वयवहारिक र जनचाहना अनुसार सूर्य चिन्ह नेकपाले पाउनेमा ढुक्क भएर संकटको घडीमा नेकपालाई मजवूत गर्न लाग्नुको विकल्प नरहेको उहाँले जोड दिनुभयो ।

प्रदेश २ का प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले प्रचण्ड–माधव समूहले धैयता राख्न नसको भन्दै प्रम ओलीमाथि झूठा आरोप लगाएर भ्रमको जाल फैलाउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘केपी ओली व्यक्ति होइन, विचार रहेकोले हामी विचारको पक्षमा लागौ र भ्रम फैलाउनेहरुलाइ कमजोर पारौ ।’

ishwar pokhrel news push 20.photo 5

कार्यक्रममा केनिद्रय सदस्य राम शंकर यादव र सिरहा जिल्ला कमिटिका सदस्य तथा सिरहा नगरपालिकाका चर्चित शहिद हेम नारायण यादवको पुत्र डा नविन यादवले सिरहा जिल्लामा भ्रमको खेति चल्नेवाला छैन । नेकपालाई सिरहामा मजवूत बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ishwar pokhrel news push 20.photo 6

नेकपाका केन्द्रिय सदस्य तथा सिरहा १ बाट संघीय सासदका प्रत्यासी समेत रहनु भएको गंगा प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु क्रमशः राजेनद्र चौधरी, मुनि साह , लगन लाल चौधरी रामरति राम,राम औतार यादव लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन नरेन्द्रराज पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा सिरहाका १७ वटै पालिकाबाट आठ हजारभन्दा वढी अगुवा कार्यकर्ताहरु सहभागी भएको नेकपा जिल्ला कमिटिका नेता विष्णुलाल साह र वैजनाथ साहले जानकारी गारउनुभयो ।





मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A