‘कम्युनिष्टको झण्डा झुक्न दिदैनौ’

  • पुस २५, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, पुस २५ गते । पूर्व प्रधानमन्त्री समेत रहनु भएको नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्टको झण्डा झुकन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । ३१ औ जय गोब्न्दि साहको समृति सभामा प्रमुख अतिथिको रुपमा बोल्दै यस्तो बताउनु भएको हो ।

अन्याय अतयाचारको विरोधमा संघर्ष गरेर प्रतिष्ठाको जीवन जिउनु नै कम्युनिष्ट भएको भन्दै कम्युनिष्ट पार्टीको झण्डा झुक्न नदिन नेकपा सचेत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मनमोहन अधिकारी ,निर्मल लामा र मदन भण्डारीले देखाउनु भएको पथमा हिडेर कम्युनिष्ट आचरण व्यवहारमा देखाएर जनताको मन जित्ने काम गर्नुपर्छ । जय गोविन्द साहको सपनालाई सकार गर्न इमानदार बनौ ।’
नेकपाको ४४१ क्ेन्दिय सदस्यहरुमध्ये ३५० जना आफूहरुको साथमा रहेकोले नेकपा र चुनाव चिन्ह पनि हाम्रै हुनेमा कुनै शंका नरहेको विश्वास उहाँले व्यक्त गर्नुभयो ।

jay gobind sah news. photo 2

प्रधानमन्त्री केपी ओली पार्टी र सरकार दुबैमा अल्पमतमा रहेकोले केन्दि«य सदस्यमा सडकबाट बोलाएर केन्दिय सदस्यमा भर्ना गरेर गलत अभ्यास थालेको नेपालले आरोप लगाउनुभयो ।

 

राम्रो काम गर्न नदिएको चारैतिरबाट घेराबन्दी गरेको प्रधानमनत्री ओलीको तर्कमा कुनै दम नरहेको भन्दै नेपालले भन्नुभयो,‘काम गर्नेलाई कसैले रोक्न सक्दैन । झुठको खेति गर्नमा ओली माहिर रहेको छ । यो कुरा सबैले बुझिसक्यो ।’

कार्यक्रममा पूर्व शिक्षा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कम्युनिष्ट जीवन शैलीलाई वयवहारमा उतारेर आजीवन गरवि किसान मजदुरको पक्षमा लडिरहने अथक योद्धा जय गोविन्द साहको शालिकमा वर्षमा एक दिन फूल माला लगाएर नपुग्ने भन्दै उहााले देखाएको बाटोमा हिड्नुपर्नेमा जोड दिनुभयो ।

कर्जन्हा नगरपालिकाको नाम परिर्वतन गरेर जय गोविन्द साह कर्जन्हा नगरपालिका नमाकरण गर्न कर्जन्हा नगरपालिकाले दुई तिहाइको मतबाट नगरसभाबाट निर्णय गरेको नगरपालिका प्रमुख गंगा पासवानले जानकरी दिनुभयो ।

jay gobind sah news.photo 4

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु राम चन्द्र झा, राम चन्द्र यादव,महेन्द्र पासवान, अजय शंकर नायक,रविन्द्र बैठा,बोधमाया यादव,सुधिर साह,श्रवण यादव बरबरिया, बोधमाया यादव लगायतका नेताहरुको उपस्थिति रहेको समृति सभाको अध्यक्षता केन्द्रिय सदस्य विश्वानाथ साहको अधयक्षतामा सम्पन्न भएको थियो ।

 

 

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A