प्रचण्ड, माधव, झलनाथ खनालहरु ३ महिनापछि बालुवाटार आएर एकता गरौं भन्नुहुन्छ ः लेखराज भट्ट

  • पुस २७, २०७७
  • समृद्धिपथ
alt

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समूहका नेता लेखराज भट्टले प्रचण्ड–नेपाल समूहलाई एक्ल्याउने अभियानमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका भट्टले सोमवार कञ्चनपुरमा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘अब माइतीघरमा बस्ने, सडकमा जानेहरुलाई कसरी एक्ल्याउने भन्ने सोच्नुस्। हरेक व्यक्तिलाई तान्नुस्। यो रणनीतिमा जानुपर्छ।’

भट्टले हिजो को कता थियो भन्दा पनि मूल नेतृत्वलाई कसरी मजबुत गर्ने र गलत प्रवृतिलाई घृणा गरेर एक्ल्याउने रणनीति अपनाउनुपर्नेमा जोड दिए। ‘यो त प्रचण्डको मान्छे, यो माधवको मान्छे र वामदेवजीसँग थियो भन्दै गयौं भने कोही पनि यहाँ रहन्नौ। कोही न कोही खेमा हुन्न। सबै त्यहीँ जानुपर्छ। प्रतिज्ञा गरौं, अब हामी कुनै आग्रह पूर्वाग्रह पाल्दैनौं। आत्मकेन्द्रीत व्यक्तिवादी स्वार्थमा रहन्नौं। जनता पार्टी र देशको स्वार्थमा अघि बढ्छौं,’ उनले भने।

ओली समूहको सुदूरपश्चिम इन्चार्ज भट्टले पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनालहरु आगामी ३ महिनाभित्र पार्टी एकता गरौं भनेर बालुवाटार आउने दावी गरे। ‘हामीले सबै कमरेडलाई एकत्रित गर्‍यौ भने प्रचण्ड माधव नेपाल झलनाथ खनाल लगायत कमरेडहरु ३ महिनापछि बालुवाटारमा आएर एकता गरौ भन्नुहुन्छ। मैले देखेको कुरा यहीँ हो,’ उनले भने, ‘तर त्यसका लागि हामीले तल हाँगाविगा सबै काटेर माथि केही नरहनेगरी एक्ल्याइदियो भने आफै आउनुहुन्छ। त्यो स्थिति पैदा गरौं।’

आफूहरु निर्वाचन र पार्टीको विधि निर्माणको अभियानमा रहेको भन्दै भट्टले भ्रम परेका र स्खलित भएकाहरुलाई भ्रम मुक्त गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए।

यसका लागि कार्यशैली, चिन्तन, सोच बदल्न कार्यकर्तालाई उनले आग्रह गरे। ‘हिजो युद्धमा लडेको जस्तो फेरि पनि बन्दुक चाहियो भनेर त्यो सम्भव छ ? अब हिजो एनजिओ आइएनजिओमा काम गरेर राम्रो इतिहास बोकेको हुँ। एमालेको यस्तो भएको थियो। म यो हुँ उ हुँ भनेर कुनै औचित्य छैन। नयाँ इतिहास नयाँ कार्यशैली निर्माण गर्ने हो। म यसको नजिक थिए उसको नजिक थिए ले अर्थ राख्दैन। भ्रममा परेका साथी मुक्त गर्ने तपाई हाम्रो कर्तव्य हो,’ उनले कार्यकर्तामाझ भने। पहिलोपोस्टबाट

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A