देश र जनताको ढुकढुकी केपी ओली : महेश बस्नेत

  • माघ २, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, माघ २ गते । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा युवा नेता महेश वस्नेतले देश र जनताको ढुकढुकी प्रधानमन्त्री केपी ओली रहेको बताउनु भएको छ ।

मोरङग, सुनसरीको युवा भेला कार्यक्रम सकेर शुक्रबार सर्लाहीको कार्यक्रममा सहभागी हुन जाने क्रममा लहानको विशाल होटेलमा नेता कार्यकर्ताहरुसँग गरेको छोटो भेटघाटमा यस्तो बताउनु भएको हो ।

लहान नगरपालिकाको सडक डिभिजन कार्यालयमा भएको अधिवेशनबाट आफू युवा संघको अधयक्षमा चुनिएको सम्झना गर्दै उहाँले प्रदेश–२ मा पनि नेकपा मजबुत भइरहेको दाबी गर्नुभयो ।

mahesh basnet news.photo 3

जनकपुरमा देखिएको नेता कार्यकर्ताको दशौ हजारको उपस्थितिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले चालेको कदम सहि रहेको यस प्रदेशले समेत प्रमाणित गरिसकेको छ । संसद विघट्न रहरले होइन, माधव–प्रचण्डको गुटवादी शैली र षडयन्त्रको बाधयता भएको नेता बस्नेतले प्रष्टयाउनुभयो ।

लोकप्रिय सरकारलाई अलोकप्रिय बनाउन र पार्टीमा मन्त्री, राजदुत लगायतका नियुक्तिहरुमा सधै किचलो झिकेर सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि संसद विघट्न गरेर चुनावमा जानु परेको उहाँले तर्क गर्नुभयो ।

प्रदेश सभाको चुनाव गर्नुभन्दा गाँउपालिका र नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरप्रप्रमुख र उपप्रमुखलाई प्रदेश सभाको सदस्य सरह हैसियत दिएर प्रदेश सरकारको संरचना बन्नाउन आवश्यक रहेको भन्दै प्रदेश सरकारको लागि अलगै चुनाव गर्न नपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।

mahesh basnet news.photo 5

माधव–प्रचण्ड समूहले फैलाएको भ्रम चिर्न देशैभरि भेला गरिरहेको युवा भेला प्रभावकारी भइरहेको नेता बस्नेतले जोड दिँदै नेपालमा जनप्रतिनिधि नभएको वेला भएको दलीय संयन्त्रले भ्रष्टाचारलाई संस्थागत गरेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो,‘भ्रष्टाचारमुक्त नेपाल युवा अभियान चलाउनुपर्ने आवश्यक्ता छ । नेपालको कायाकलट प्रधानमन्त्री केपी ओलबिाटै संभव पनि छ ।’

लहान नगरप्रमुख मुनि साहसँग छोटो कुराकानी गर्दै नेता बस्नेतले हाम्रो लहान, सुन्दर र सम्पन्न लहानको नारा कार्यान्वयनमा हामी आफ्नो स्तरबाट सहयोग गर्न सधैं तयार रहेको बचनवद्धता समेत वयक्त गर्नुभयो । नेतासँग युवासंघका केन्द्रिय सचिव वचन वज्राचार्य केस सिता सुवेदी र अनेरास्वियु केन्द्रिय सदस्य सरिता सापकोटा लगायतका युवा नेताहरु हुनुहुन्थ्यो ।

 

 

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A