नहरको स्तरोन्नति कार्य सुरुभएपछि स्थानीय हर्षित

  • माघ २, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,माघ २ गते । पूर्वी नेपालको फत्तेपुर नहरपछि दोश्रो स्थानमा रहेको खुटी नहरको स्तरोन्नति कार्य सुरु भएको छ । नहरले शहरी क्षेत्रको सौन्दर्यता र ग्रामीण भेगमा सिंचाइको लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै स्थानीयहरु हर्षित भएका छन् ।

लहान नगरपालिकाले नगरको सौन्दयर्ता बढाउनुको साथै दक्षिणतर्फको हजारौ विगहा जमीनमा सिंचाई भई कृषक लभान्वित हुने नहर स्रोन्नति कार्यक्रमको शिलान्यास सुरु गरेर गाँउको किसान र नगरवासी सबैको हित हुने कार्यको थाल्नु भएको लहान–१० का राज कुमार कोइरालले खुसी व्यक्त गर्नुभयो ।

nahar news photo 2

अब हाम्रो लहान, सुन्दरता सहित सम्पन्न लहानको नारा कार्यान्वयन हुनेमा आफूहरु ढुक्क भएको लहान–७ का वडाधयक्ष राकेश रोशन गुप्ताले बताउनुभयो । उहाँको अनुसार नहरको दुबैतर्फ पककी सडक वृक्षारोपण र छुटाछुट्टै नालाको पानी र स्वच्छ पानी वग्नेगरी तयार हुन लागेको नहरले लहानको शहरी क्षेत्रका वडा नम्वर ६,७,८ र १० नम्वर लाभान्वित हुनेछ । शहरको सुन्दरतामा हवातै वृद्धि हुने निश्चित छ ।

शुक्रबार लहान नगरपालिका वडा नम्बर ६ र १० को सीमामा नहर स्तरोन्नति निर्माण कार्यको शिलान्यास गर्दै नगरप्रमुख मुनि साहले भन्नुभयो,५० वर्ष अगाडि खुटी खोलाको पानी बग्ने यस नहरमा स्नान गर्ने पवित्र सफा पानी बग्दथ्यो । हामी नुहाएको सम्झना छ । केहि दशक यता यस नहरको किनारबाट जानेहरु फोहरले गर्दा नाक थुनेर जानुपर्ने अवस्था आयो । यस वर्ष २ करोड ८० लाख ९१ ह्जार २१४.५१ मा शाह विपि जेभी लहान ७ लाई ठेक्का दिएर एघार महिनामा १३ सय मिटर पक्की निर्माण गरिनेछ । विहानको ‘मोर्निङग वाक’ को लागि पनि प्रयोग हुनेछ ।

nahar  news photo 4

प्रत्येक संसदयि निर्वाचनमा खुटी नहरको संचालनको विषय विभिन्न दलका नेता उममेदबारहरुबाट उठाएपनि लहान नगरपालिकाले आफ्नै आन्तरिक बजेटबाट स्तरोन्नति गर्न थालेको कदम निकै सराहनीय कार्य भएको लहान–२० का राजकुमार यादवले भन्दै यस नहरको पानीले दक्षिण भेगका वडा नम्बर २,३,१९,२० र २१ र २३ नम्बरका कृषकहरु प्रत्यक्ष रुपमा लभान्वित हुने खुसी व्यक्त गर्नुभयो ।

nahar photo 5

नहर स्तरोन्नति शिलान्यास कार्यको अधयक्षता वडा नम्बर ६ का वडाधयक्ष अरुण केसीले गर्नु भएको कार्यक्रममा स्वागत १० नम्बर वडाका वडाध्यक्ष मन्टी कुमार मण्डलले गर्नु भएको कार्यक्रमको संचालन लहान नगरपालिकाका कर्मचारी लखनलाल साहले गर्नु भएको थियो । नहर स्तरोन्नति कार्यक्रमा लहान नगरपालिकाका इन्जिनियरद्वय सुशील साह र एकमणि सिफलियाले प्राविधिक कार्यको जिम्मेबारी पाउनु भएको जानकारी गराएको थियो ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A