धोका दिने मधेशी नेताहरुबाट सावधान ः डा. सिके राउत

  • माघ ५, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, जनमत पार्टीका अधयक्ष डा. सिके राउतले मधेशी जनतालाई धोका दिने मधेशी नेताहरुबाट सावधान रहन आग्रह गर्नु भएको छ । मधेश आन्दोलनमा ज्यान गुमाएका सहीदहरुको सम्झनामा लहानमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।

मधेशलाई काँग्रेसका नेताहरुले ६० वर्षसम्म भुलभुलैयामा राखे, कम्युनिष्टहरुले २५ वर्षसम्म ठगे र आफूलाई मधेशका मसियाहा भन्ने मधेशवादी दलहरुले सहीदको रगतलाई सौदावाजी गरेर धोका दिएको भन्दै यी दलहरुबाट मधेशको मुक्ति नहुने उहाँले ठोकुवा गर्नभयो ।

सर्पलाई जति दुध खुवाएपनि एक न एक दिन डस्ने मात्रै गरेको कुरा विर्सनु हुँदैन, गोमन करेत काला नाग र अजिगर सर्पसँग सबैदलहरुलाई तुलना गर्दै जनमत पार्टीले मात्रै मधेशको मुक्ति दिन सक्ने अध्यक्ष राउतले दावी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘राम नमनोहर यादवको हत्या गर्नेहरु आफूलाई मधेशको मसियाहा भन्नु दुर्भाग्य हो । मधेश आन्दोलनमा सहीद भएकाहरुको सपना एक मधेश एक प्रदेशको मागलाई छाडेर भ्रष्टाचारमा लिप्त मधेशवादी भनाँउदा दलहरु मधेशी जनतालाई पटक पटक धोका दिनु वाहेक केहि गरेको छ ।’

प्रदेश २ को नामाकरण गर्न नसकने प्रदेश सरकार पुरै असफल भैसकेको छ । प्रत्येक दिन एक हजार देखि पन्ध्र सय मधेशी युवाहरु वैदेहिक रोजगारमा गइरहेको छन भने प्रत्येक दिन तीन चार लास विदेशबाट आइरहेको अध्यक्ष डा. राउतले भन्दै माधेश आन्दोलको समयमा सहीद भए ५० लाख रुपियाँ प्रदेश सरकार बनेपछि दिइने घोषणा झुठो सावित भएको बताउनुभयो ।
तीन महिना,६ महिना वा वर्ष दिनममा चुनाव भए जनमत पार्टीको पक्षमा मतदान गर्न रोजगारी र खसहाली बनाउने विश्वास दिलाउन पार्टीका नेता कार्यकर्ता लाग्नुपर्ने सुझाव दिनुभयो ।

२०७१ सालमा सहीदहरुको तस्बीरमा माल्यार्पण गर्न आँउदा आफ्नो खुटा भाँचेर प्रहरीले उदयपुरमा छाडि दिएको स्मरण गराउदै बैशाखीको भरमा पनि सहीदलाई माल्यापर्ण गर्न खोज्दा नदिएको अवस्थामा तत्कालिन स्वराजको अभियानकर्मी विष्णुदेव चौधरीले गरेको योगदान जति वर्णन गर्दापनि थोरै हुने धारणा व्यक्त गर्नुभयो ।

विगत तीन वर्षदेखि प्रदेश २ का सरकारले बलिदानी दिवस मनाउन थालेपछि गत वर्ष बीरगञ्जमा र यस वर्ष जनकपुरमा बलिदानी दिवसको अवसरमा कार्यक्रम गरेपछि जनमत पाीर्टी वृहत्त श्रद्धाञ्जली सभाको आयोजना गरेको लहानको पशुपति आदर्श माविको खेल मैदानमा हजारौको संख्यामा युवा महिलाहरु सभामा उपस्थिति भएका थिए ।

श्रद्धाञ्जली सभाकमा रमेश महतोको पिता रविया महतो,विजय सहनीका पिता लक्ष्मी सहनीको उपस्थिति थियो भने केहि ममहिना पहिले दुर्घटनामा परी जनमत पार्टीका नेता विष्ण देव भौधरीको निधन भएकोले उहाँको पत्नी श्यामा देवी चौधरीको अध्यक्षमामा श्रद्धाञ्जलीसभा सम्पन्न भएको थियो ।

 

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A