समृद्धिपथ समाचारदाता
लहान । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघ्टन गरेर चालेको कदम विरुद्ध जनता समाजवादी पार्टी, नेपाल सिरहाले बुधबार लहानमा जनप्रदर्शन तथा विरोधसभा गरेको छ ।
जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समिति सिरहाद्वारा आयोजित बिरोध सभालाई जसपाका केन्द्रिय कार्यकारणी सदस्य प्रकाश अधिकारीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै संसद पुर्नस्थापना नहुञ्जेलसम्म विरोधका कार्यक्रमहरु नरोकिने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक मात्रै होइन, संघीयताको विरुद्धमा पनि छ । संविधानमा न नै नरहेको धारा प्रयोग गरेर संसद विघट्न गर्न मिल्दैन । संविधानको रक्षाको लागि आन्दोलन वाहेक अर्को विकल्प पनि छैन ।’
विरोध सभामा पूर्वमन्त्री राजलाल यादवले संविधानको रक्षाको लागि जुनसुकै प्रकृतिको आन्दोलन गर्नुपरे ७५ वर्षको उमेरमा आफू तयार रहेको भन्दै युवाहरु आन्दोलनबाट भाग्न नहुने धारणा व्यक्त गर्नुभयो।
केन्द्रिय सदस्य राज कुमार (राजु) गुप्ताले काँग्रेस र कम्युनिष्ट पार्टीले मधेशको हित कहिले पनि गर्न नसक्ने ठोकुवा गर्दै जसपा पार्टीलाई बलियो बनाउन सके मात्रै लोकतन्त्र र संघीयताको रक्षा हुनेमा जोड दिनुभयो ।
अर्का केन्द्रिय सदस्य राकेश झाले लहानबाट सुरु भएको मधेश आन्दोलनको कारण मुलुकमा संघीयता सुरक्षित भएको स्मरण गराउादै प्रधानमन्त्री केपी ओलीले चालेको कदम विरुद्ध आन्दोलन गर्नुपरेको रहर होइन, बाध्यता भएको बताउनुभयो ।
केन्द्रिय सदस्य विजय राइ दुनुवारले नेपाली काँग्रेस र नेकपाले बहुमतको सरकार पाँच वर्ष चलाउन नसकको प्रमाणित भैसकेकोले मुलुकको स्थीरता र विकासको लागि संसदीय व्यवस्थाको विकल्पमा राष्ट्रपतीय प्रणालीमा जनुपर्ने तर्क गर्नुभयो ।
तातकालिन समाजवादी विद्यार्थी प्रदेश २ का अध्यक्ष दिपेश कुमार यादवले परिवर्तनको संवाहक विधार्थी शक्ति प्रधानमन्त्रीले चाल्नु भएको असंवैधानिक कदमको विरुद्धमा सशक्त आन्दोलनको आँधीबेरी सृजना गर्ने र प्रम ओलीलाई घुँडा टेकाइ छाड्ने दृढता व्यक्त गर्नुभयो ।
महिला मञ्चका राष्ट्रिय अध्यक्ष निर्मला यादवले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई राष्ट्रपति विद्या भण्डारीले लालमोहर लगाएर गलती गरेको तर्क गर्नुभयो । उहाँले जनताको मतबाट कार्यकारीणी प्रमुख बनाउनु पर्ने धारणा राख्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A