जिवछ उदासी
लहान,माघ ११ गते । माघ १९ गते प्रत्येक वर्ष हेमनारायण यादवको स्मृतिसभा मनाँउदै आएकोमा यस वर्ष २५ हजार जनता सभामा उतार्नेगरी नेकपा सिरहाले गृहकार्य सुरु गरेको छ ।
यस वर्ष नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्मृतिसभामा आउने कार्यक्रम तय भएकोले विशेष तयारी थालिएको नेकपा सिरहाले जनाएको छ । पार्टीमा देखिएको विभाजनलाई मध्यनजर गरेर शक्ति परिक्षणको हिसावले पनि विशेष तयारी चर्चा चलेको छ ।
सिरहाका १७ वटै स्थानीय तह र ४ वटा संघीय संसद क्षेत्रबाट बस मोटरसायकल तथा अन्य सबारी साधन गरी स्मृतिसभामा जनता उतार्न जिल्लामा उपलब्ध केन्द्रिय कमिटिका सदस्यहरु, जिल्ला कमिटिका पदाधिकारी सदस्यहरु, क्षेत्रीय कमिटि, गाँउकमिटि र नगरकमिटिलाई सक्रिय गरेको केन्द्रिय सदस्य गंगा प्रसाद यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘विगतको वर्षहरु भन्दा यस वर्ष परिस्थिति फेरिएको छ । पार्टीको नीति सिद्यान्तलाई वेवास्ता गरेर गुटगत रुपमा प्रचण्ड–माधव समूहले आफनै पार्टीको नेतृत्वमा रहेको सरकारलाई ढाल्न चालेको षडयन्त्रलाई निस्तेज गर्न पार्टी अधयक्ष समेत रहनु भएको प्रधानमन्त्री ओलीले बाध्यात्मक अवस्थामा संसद विघट्न गरी चुनावको घोषण गर्नु भएको हो ।’
हेम नारायण यादवको स्मृतिसभा समर्थक जनता तल्लो तहका नेता कार्यकर्ताको लागि प्रशिक्षण कार्यक्रम समेत भएकोले यस वर्षको १८ औ स्मृतिसभालाई व्यवस्थित र भब्य रुपमा मनाउन गइरहेको उहाँले प्रष्टयाउनुभयो ।
नेकापाका अर्का केन्द्रिय सदस्य तथा लहान नगरप्रमुख मुनि साहले प्रचण्ड–माधव समूहले फैलाइरहेको भ्रम चिरेर अघि वढ्न आवश्यक रहेको भन्दै हरेक कमिटिका नेता कार्यकर्ताहरु स्मृतिसभाको तयारीको लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।
सिरहा १ बाट ५ हजार जनता उतार्न जिल्लाम यस क्षेत्रबाट केन्द्रिय सदस्य रहनु भएका गंगाप्रसाद यादव,मुनि साह , राजेन्द्र चौधरी, रामरति राम, रामशंकर यादव र लगनलाल चौधरी सक्रिय भएर जिल्ला कमिटिका सदस्यहरुलाई जिम्मेबारी वाँडफाँट गरेर तयारी थालिएको जिल्ला कमिटि सदस्य विषणुलाल साहले जानकारी दिनुभयो ।
२०५९ साल माघ १९ गते तत्कालिन नेकपा एमालेको जिल्ला कमिटिको सदस्यको रुपमा रहनु भएको सिरहा ३ बाट निर्वाचित संसद हेक नारायण यादवको अपहरण गरी हत्या गरिएको थियो ।हत्यामा संलग्न भएकाहरुलाई अहिलेसम्म कानुनी कार्वाही नभएको उहाँको परिवारजन र नेकपाका नेता कार्यकर्ताहरु निरास हुँदै आइरहेका छन् । यसपटक प्रधानमन्त्री स्वयम सम्बोधको लागि आउनु हुने कार्यक्रम रहेकोले हेम नारायण यादवले देख्नु भएको सिरहा समृद्धको सपना सकार गर्न केहि घोषणा हुन सक्ने अपेक्षा गरिएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A