एकताको लागि आरोपपत्र फिर्ता र अदालतको निर्णय मान्न तयार हुनुपर्ने : मन्त्री लिलानाथ श्रेष्ठ

  • माघ १४, २०७७
  • समृद्धिपथ
alt

विजछ उदासी

लहान । नेकपाका केन्द्रिय सदस्य, सिरहा जिल्ला इन्चार्ज तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले नेकपाबाट अलग भएर सडक आन्दोलन गरिरहेका प्रचण्ड–माधव समूहले पार्टीमा दर्ता गराएको आरोपपत्र फिर्ता र अदालतले गर्ने निर्णय मान्न तयार भए अझै पार्टी एक हुन सक्ने बताउनु भएको छ ।

बुधबार नेकपा सिरहा जिल्ला कमिटिका सदस्यहरुलाई सिरहाको धनगडीमा आयोजित शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

निर्वाचन आयोगले दुवै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा महासचिवको उपस्थितिमा हुने निर्णयलाई नै वैद्य ठहर गरी पार्टी नफुटेको निर्णय सुनाएकोले पार्टीबाट अलग भएर गरेका अवैद्य गतिविधिहरु बन्द गरेर प्रचण्ड माधव समूहले दर्ता गराएको आरोपपत्र र अदालतले गर्ने निर्णय मान्न तयार भएमा अझैपनि पार्टी एक हुन सक्ने संभावना रहि रहेको उहाँले प्रष्टयाउनुभयो।

माघ १९ गते शहीद हेम नारायण यादवको १८ औ स्मृतिसभामा प्रधानमन्त्री केपी शर्मा ओली आउने निश्चित भएकोल सिरहाको चारवटै क्षेत्रबाट ३० हजार जनता उपस्थितिको लागि जिल्लामा रहेका केन्द्रिय सदस्य, प्रदेश कमिटि र जिल्ला कमिटिका सदस्यहरुले सिरहाका १७ वटै स्थानीय तहबाट जनतालाई स्मृतिसभामा सुरक्षित तरिकाले उपस्थित गराउन नेता श्रेष्ठले निर्देशन लिनुभयो ।

१९ गतेको कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउन मञ्च व्यवस्थापन समिति, स्वयमसेवक समिति, आर्थिक समिति, प्रचारप्रसार समिति गठन गरिएको जिल्ला कमिटिका अध्यक्षता गर्नु भएका चन्देश्वर मण्डलले जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्यहरु क्रमशः गंगा प्रसाद यादव, राजेन्द्र प्रसाद चौधरी, रामरति राम, राम शंकर यादव, राम औतार यादव, कल्याणी ढुङगाना, नरेन्द्रराज पोखरेल प्रदेश कमिटिका सदस्यहरुमा रामपृत राम, रामकुमार पासवान लगायतका नेताहरुको उपस्थिति रहेको थियो । वरिष्ट सदस्य चन्देश्वर मण्डलको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन विष्णुलाल साहले गर्नुभएको थियो ।

सिरहाका चारवटै संघीय निर्वाचन क्षेत्रबाट जिल्ला कमिटिमा मनोयन गरेका ४० जना सदस्यहरुलाई शपथग्रहण गरेका हुन् । शपथ ग्रहण जिल्ला इन्चार्ज श्रेष्ठले गराउनु भएकबो थियो । माघ १५ गते युवा भेला र १६ गते विद्यार्थी भेला चोहर्वाको सृजना सामुदायिक भवनमा आयोजना गर्ने जानकारी समेत जिल्ला सदस्य साहले जानकारी गराउनुभयो ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A