समुदाय र प्रहरीबीचको सहकार्य अभिवृद्धिका लागि प्रतिवद्धता पत्र जारी

  • माघ १७, २०७७
  • समृद्धिपथ
alt

सिरहा । समुदायमा रहेका सुरक्षा र न्याय सम्बन्धी समस्याहरु न्युनिकरण गर्न समुदाय र प्रहरीबीचको सहकार्य अभिवृद्धिका लागि सिरहा नगरपालिकामा शुक्रवार एक कार्यक्रमबीच दश सुत्रिय प्रतिवद्धता पत्र जारी भएको छ ।

सामुदाय प्रहरी साझेदारी कार्यक्रम समिति सिरहा र समग्र जन उत्थान केन्द्र लहानद्धारा सिरहाको जिल्ला समन्वय समितिको हलमा शुक्रवार आयोजना गरिएको समुदाय प्रहरी सम्वाद कार्यक्रममा सहभागी समुदाय र प्रहरीले सो प्रतिवद्धता पत्र जारी गरेको हो ।

समुदायमा रहेको सुरक्षा र न्यनयका सम्बन्धी प्रमुख सवालहरुलाई सम्बोधनका लागि समुदायले निर्वाह गर्ने भूमिका र प्रहरीले निर्वाह गर्न भुमिका गरी प्रतिवद्धता जारी गरेका छन् ।

जारी गरिएको प्रतिवद्धतामा समुदायले हामी कुनै पनि खाले हिंसाजन्य कार्यमा संलग्न हुँदैनौ, हाम्रो जानकारीमा आउने हिंसा वा अपराधका घटनाहरुमा मौन नबसीे तत्काल प्रहरीमा खबर गछौँ, अपराध अनुसन्धानका क्रममा प्रहरीलाई सम्भव भए सम्म सहयोग गर्छौ, आफ्नो घर परिवार र समाजमा शान्ति तथा सुव्यवस्था कायम गर्नका लागि आवश्यक पहल गछौँ र सेवा प्रवाहका क्रममा प्रहरीलाई पर्ने कठिनाईमा समुदायका तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगहरु गर्ने उल्लेख छ ।

यस्तै प्रहरीले पनि पाँच सुत्रिय प्रतिवद्धता जारी गरेका छन् । जारी गरिएको प्रतिवद्धतामा समुदायका समस्याहरुलाई सम्बोधन गर्नका हरबखत तमतयार रहन्छौँ, समुदायका सबै व्यक्तिहरुलाई बिना भेदभाव मैत्रीपूर्ण रुपमा सेवा प्रदान गछौँ, संगठनको नीति तथा रणनीति अनुसार पीडित तथा प्रभावितहरुलाई सम्मानजनक रुपमा प्रभावकारी सेवा प्रदान गर्न कुनै कसर बाँकी राख्ने छैनौँ, समुदायका सुझावहरुलाई ग्रहण गर्दै सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने छौँ र समुदायसँगको सहकार्यमा शान्ति तथा सुव्यवस्था कायम गर्ने अभियानलाई निरन्तरता दिँदै समुदायसँगको सहकार्य थप बलियो बनाउँदै अगाडि बढ्ने उल्लेख छ ।

लैंगिक हिंसा विरुद्धमा पहल गर्ने पहलकर्मीहरु, सीमान्तकृत समुदायका पीडित महिला तथा किशोरीहरु, सामुदाय प्रहरी साझेदारी कार्यक्रम समितिका प्रतिनिधिहरु, वडाका जनप्रतिनधि, नगरपालिकाको महिला शाखा, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रतिनिधीहरु सामाजिक अगुवा, सञ्चारकर्मी गरी ३० जनाको सहभागिता रहको सो सम्वाद कार्यक्रममा समुदाय र प्रहरीले संयुक्त रुपमा प्रतिवद्धता जारी गर्दै समुदायमा सुरक्षा र न्यायसंग सम्बन्धीत समस्याहरु न्यनिकरणका लागि कार्ययोजना समेत निर्माण गरेको स्थानीय सहजकर्ता दिलिप सहनीले जानकारी दिनुभयो ।

समग्र जन उत्थान केन्द्र लहानका सहज परियोजना व्यवस्थापक कृष्ण कुमार साह र कार्यक्रम अधिकृत रामभरोसी महतोले सहजीकरण गर्नु भएको सो सम्वादमा समुदायमा सुरक्षा र न्यायसंग सम्बन्धी समस्याहरुको पहिचान गरी ती समस्याहरुको प्राथमिकिरण समेत गरेका छन् । सम्वादमा दहेज प्रथा, समुदायमा हुने अपराधको घटनाबारेमा सुचना नदिने र अनुसन्धानमा पनि सहयोग नगर्ने, लागु औषध दुव्र्यसन र लैंगिक विभेद प्रमुख समस्या रहेको ठहर गर्दै निराकरणका लागि संयुक्त कार्ययोजना समेत निर्माण गरेका छन् ।

युकेएडको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्र लहानद्धारा प्रदेश २ मा नै सञ्चालन भइरहको सहज परियोजना अन्तरगत सामुदायमा रहेको सुरक्षा र न्यायको सेवा सवलीकरणका लागि विभिन्न किसिमको गतिविधिहरु सामुदाय प्रहरी साझेदारी समितिको सहकार्यमा गर्दै आएका छन् ।

 C&P 1

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A