शहिद सबैको साझा : कानुन मन्त्री लिलानाथ श्रेष्ठ "१७औ शहीद हेम नारायण यादव स्मृतिसभाको तयारी पुरा"

  • माघ १८, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान, माघ १८ गते । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री समेत रहनु भएको नेकपा केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज लिलानाथ श्रेष्ठले शहीद कुनै विशेष दलको नभएर सबैको साझा रहेको बताउनु भएको छ ।

माघ १९ गते १७औ शहीद हेम नारायण यादवको स्मृतिसभालाई नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहामा सम्बोधन गर्नुहुने कार्यक्रमको तयारीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।

हेम नारायण यादव मधेशकै एक होनहार नेता भएको चर्चा गर्दै उहाँको हत्या प्रतिगामी सत्ताले गरेको बताउनुभयो । १७ वर्ष अगाडी शाही सत्ताले हत्या गरेर लोकतन्त्र र परिवर्तनको सशक्त आवाज उठाउने एक क्रान्तिकारी नेताको छवि बनाउनु भएको हेम नारायण यादव सिरहाको मात्रै नेता नभएर मधेशकै नेतृत्व गर्न सक्ने खुबी रहेको मन्त्री श्रेष्ठले स्मरण गर्नुभयो ।

सिरहा ३ बाटै २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेता यादव सिरहाली जनताको सुख दुखमा सधै साथ रहिरहने निर्भिक स्वभावको हुनुहुन्थ्यो । उहाँबाट तर्सित भएर तत्कालिन निरकुंश शाही सत्ताले हत्या गरेको उहाँले प्रष्टयाउनुभयो ।

राजा ज्ञानेन्द्र चालेको प्रतिगमनकै समयमा १७ वर्ष अघि माघ १९ गते सिरहा ३ बाट निर्वाचित सांसद हेम नारायण यादवको हत्या तत्कालिन कर्णेल बाबुकृष्ण कार्कीको हत्यामा संलग्नता रहेको आनन्द प्रुसाद ढुङगानाको नेतृत्वमा बनेको संसदीय समितिले प्रतिवेदन बुझाइ सकेकोले सरकारले पहिचान भएका दोषीमाथि कार्वाही गरी छाड्ने उहाँले विश्वास दिलाउनुभयो ।

दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नसकिने संवैधानिक प्रावधान अनुसार चुप लागेका पचण्ड–माधव समूहले दुई वर्ष सकिनेवितिकै चारैतिरबाट सरकारलाई असफल बनाउन लागिपरेको प्रष्टयाउदै रहरले होइन् बाध्य भएर संसद विघट्न गर्नुपरेको उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले थप्नुभयो, ‘नेपालको संविधान व्रिटिश मोडेलको संविधान हो । यस संविधानले विशेष परिस्थितिमा संसद विघट्न गर्न सक्ने अभ्यास संसारभरी नै चलिरहेको छ । संविधानको धारा ८५ को उपधारा १ मा संसद विघट्न गर्ने बाहेक सरकार पाँच वर्ष चल्नुपर्ने र धारा ७६ को उपधारा ७ ले समेत संसद विघट्न गर्ने प्रावधान छ ।’

राष्ट्रियसभाको सांसद तथा नेकपा प्रदेश २ का सचिव सुमनराज प्याकुरेलले अब आउने च्नावमा प्रदेश २ को दुई तिहाइ स्थानमा नेकपाले जीत हासिल गर्ने दाबी गर्नुभयो ।

नेकपा र चुनाव चिन्ह समेत प्रम ओलीले नेतृत्व गरेको पार्टीले पाउने निर्वाचन आयोगको निर्णयबाट प्रष्ट हुँदै गएको सांसद प्याकुरेलले स्पष्ट गर्दै भन्नुभयो, नेताहरुको संख्या प्रचण्ड–माधव समूहमा बढी देखिएपनि जनताको साथ ओलीलाई रहेको छ । पार्टी एकता प्रचण्डले शुद मनसाय राखेर नगरेको नेपाली जनताले बुझ्दै जान थालेपछि प्रचण्ड–माधव समूहमा दिनहुँ पहिरो गइरहेको छ ।

उहाँले भन्नुभयो, सरकारप्रति फैलाएको भ्रमहरु हट्दै गएपछि देशैभरी सरकारको पक्षमा जनलहर छ । प्रदेश २ मा त झन् जनलहर बढ्दो छ । यसको प्रमाणित बीरगञ्ज, जनकपुर र राजविराजको सभाले यत्रो शीतलहरमा हजारौको संख्यामा उपस्थित जनमानसले गरिसकेको छ । माघ १९ गते शहीद हेमनारायण यादवको स्मृतिसभामा २५ हजारभन्दा बढीको उपस्थिति रहनेछ ।

नेकपा सिरहाका वरिष्ट सदस्य चन्देश्वर मण्डलको अध्यक्षतामा गोलबजारमा सम्पन्न पत्रकार सम्मेलनमा स्मृतिसभाको तयारी अन्तिम चरणमा रहेको जानकारी गराएको थियो ।

स्मृतिसभामा शान्ती सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिनुभयो ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A