प्रदेश २ मा चुनाव पहिलो चरणमा नै हुने : प्रधानमन्त्री ओली

  • माघ १९, २०७७
  • समृद्धिपथ
alt

 

 

 


प्रदेश २ मा चुनाव पहिलो चरणमा नै हुने ः प्रधानमन्त्री ओली
जिवछ उदासी 
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रदेश २ मा बैशाख १७ गते पहिलो चरणमा नै हुने बताउनु भएको छ ।शहीद हेम नारायण यादवको १७ औ स्मृतिसभालाई सिरहामा सम्बोध गर्दै यस्तो बताउनु भएको हो ।

संसद विघट्न संवैधानिक छ र च्नाव पनि हुने निश्चित नै रहेकोले चुनाव नहुने हो कि भने भ्रम पाल्न नहुने भन्दै चुनावको माहोल बनाउन उहाँले सबैमा आग्रह गर्नुभयो । ‘अहिले तराई–मधेश जुरुक्क उठेको छ । शिक्षा र चेतनाको स्तर बढ्दै गएर समृद्धि र विकासको लागि जागृत पनि भएको छ । जातको कुरा छाडेर नयाय र समानताको कुरा गर्नुपर्छ । आमाहरुलाई बोक्सी भनेर अपमान गर्ने विकृत हट्दै गइरहेकोछ ।’,प्रधानमन्त्री ओलीले भन्नुभयो ।

oli news jibachh.photo 2 1

तराई पहाड हिमाल मेची महाकाली उत्तर दक्षिण चौतर्फी विकासको लहर आएको देख्न नसक्नेहरु पार्टीमा विभाजन र सरकारलाई घेराबन्दी गर्नेहरुलाई प्रदेश २ को जनताले पनि साथ छोड्दै गइरहेको प्रधानमन्त्री ओलीले भन्दै उच्च मनोवल लिएर सक्रिय भएर जनताको घर घर गएर भ्रम चिर्न जरुरी रहेको औल्याउनुभयो । भ्रष्ट र अनयौलता सृजना गरेर देश र जनतालाई अल्मलाउने शक्तिहरुलाई परास्त गर्न ताजा जनादेशमा जानु परेको प्रष्ट्याउदै चुनावको विरोध गर्नेहरु अग्रगामनकारी हुनै नसक्ने दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो,‘आफ्नै उत्पादनले विद्युत पुग्ने,४र ६ लेनको सडक निर्माण द्रुत गतिमा अघि बढिरहेको छ । आफू पहिलो पटक प्रधानमन्त्री हुँदा राष्ट्रिय राजमार्गहरुवाट सदरमुकाम जोड्ने चार लेनको सडक निर्माण र हुलाकी सडक निर्माणलाई तीब्रताको साथ अघि बढायौ ।’फलाम, स्टील पेट्रोल र रसायनिक मल आफ्नै देशमा उत्पादन गरेर विदेशमा रहेको युवाहरुलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट स्वदेशमै रोजगार सृजना गर्नेतर्फ सरकार अघि बढिरहेको उहाँले दावी गर्नुभयो ।

oli news jibachh.photo 4 2

एकै किसिमको विद्यालय र अस्पतालमा सबैले शिक्षा र स्वास्थ्यको उपचार गराउनुपर्ने र कुनैपनि बालबालिका अभिभावक विहिन हुनुनपर्ने प्रधानमन्त्री ओलीले विश्वास दिलाउदै तराइ मधेशको कृषिमा उत्पादन बढाउन कमला–कोशी डाइभर्सनको माध्यमबाट सिंचाइको प्रवन्ध, कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरे जनजीवन उकास्ने सरकोको प्राथमिकता रहेको बताउनुभयो ।स्मृतिसभामा उर्जा, सिंचाइ तथा जलश्रोत मन्त्री टोप बाहादुर रायमाझीले नेकपा विवाद विचारको लागि नभएर निजि पद प्रतिष्ठाको लागि भएको प्रष्ट हुँदै गइरहेकोमा जोड दिनुभयो ।

प्रचण्डलाई प्रधानमन्त्री हुन र पार्टीको अधयक्ष हुन चुनाव र महाधिवेशनसम्म पर्खिनु पर्नेमा पार्टीभित्र विभाजन ल्याएर सरकारलाई ढाल्न षडयन्त्र गरेपछि संसद विघट्न गर्नु परेको प्रष्टयाउनुभयो ।

oli news jibachh.photo 5

निर्वाचन आयोगले प्रथम अध्यक्ष केपी ओ र महासचिव अध्यक्ष र दोश्रो अध्यक्ष प्रचण्ड बाहेक अरुलाई नचिनेको निर्णय निर्णय सुनाएपछि प्रचण्डलाई सूर्य चिन्हबाट चुनाव लड्न ओलीको हस्ताक्षर चाहिने विद्रोह गर्न चाहे बैद्यको शरणमा जानुपर्ने उहाँले कटाक्ष गर्नुभयो ।

ढल्केबरमा सब स्टेशनको उद्घाट्न गरेर सिरहा आइपुग्दा कार्यक्रम ढिलोगरी संचालन भएकोले प्रधानमन्त्री ओली र उर्जामन्त्री टोपबाहादुर रायमाझीले मात्रै सम्बोधन गर्नु भएको स्मृति सभामा,कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ, शहरी विकासमन्त्री प्रभु साह राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल नेकपाका केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।

oli news jibachh.photo 3 1

स्मृतिसभालाई सम्बोधन गर्नुभन्दा अगाडी प्रधानमन्त्री ओलीले सिरहा–७ मा रहेको शहीद हेम नारायण यादवको शालिकमा माल्यापर्ण गर्नु भएको थियो । सभामा २५ हजारभन्दा बढीको जनसहभागिता रहेको थियो । शहीद हेम नारायण यादवका जेठो पुत्र डा। नविन यादवले स्वागत मन्तवय मार्फत पिता हेम नारायण यादवको हत्या गर्नेहरुलाई कार्वाही ध्यान आकर्षण गराउनु भएको थियो । कार्यक्रमको संचालन केन्द्रिय सदस्य गंगा प्रसाद यादवले गर्नु भएको थियो ।

नेकपाका केन्द्रीय सदस्य तथा सिरहा इन्चार्ज समेत रहनु भएको कानुन न्याय तथा संदीय मामिला मनत्री लिालानाथ श्रेष्ठले स्मृति सभामा २५ हजार सिरहाबाट उपस्थित गराउने लक्ष्य लिएर थालिएको तयारीले लक्ष्य पुरा भएको छ । सत्य नारायण सुर्य नारायण मरबैता बहुमुखी कयाम्पसमा सहभागीहरु खचाखच भरिएको थियो 

 

 

 






 

 

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A