राहत शिक्षकको व्यवस्थापन गरिछाडने : अध्यक्ष खेमराज अधिकारी

  • माघ २३, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी
नेपाल राहत शिक्षक संघका केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकको व्यवस्थापन गरी छाड्ने बताउनु भएको छ । प्रदेश २ को प्रथम अधिवेशनलाई जनकपुरको त्रिहुता गाछी स्थित मसला कटेजमा आयोजित खुल्ला सत्रलाई सम्बोधन गर्दै यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

राहत शिक्षक भनेको योग्य र क्षमतावान भएपनि राज्यले यसको वयवस्थापनमा ध्यान दिन सकेको छैन । संघीय शिक्षा ऐनमा राहत शिक्षक उल्लेख गराउन, दरबन्दीमा लगेर स्थायीको प्रक्रियामा लैजान हाम्रो आन्दोलन जारी रहेको बताउनुभयो ।

news rahat  lahan.photo 3

अध्यक्ष अधिकारीले भन्नुभयो,‘४० हजार राहत शिक्षकहरुको व्यवस्थापन नगरी विश्राम लिइदैनौ । स्थायी हुनको लागि दरबन्दी गएपछि शिक्षक सेवा आयोगकै माध्यमबाट जाने प्रावधान भएपनि स्थायीको लािग लिइने परीक्षाको प्रकृति फरक हुनुपर्ने हाम्रो माँग छ ।’

राहत शिक्षकको स्वभिमान र इज्जतको लागि कसैसंग समझौता नगरी स्थायी गराउन सरकारसँग वार्ता आन्दोलन र सहकार्य सबै बिधिबाट हामी अगाडि बढने उहााले विश्वास दिलाउनुभयो ।

शिक्षणमा दक्षता योगता र क्षमतालाई राहत शिक्षकहरुले सधैं निखारी रहनुपर्नेमा जोडदिँदै स्वअध्यन र सामुदायिक विद्यालयको सुधारमा राहत शिक्षक अग्रमोर्चामा रहनुपर्ने सुझाउनुभयो ।

news rahat  lahan.photo 2

कार्यक्रममा सह अध्यक्ष विरेन्द्र मल्ल, उपाध्यक्ष प्रदिप कुमार यादव मल्ल,महासचिव कुमार बजगाई सचिव हरेराम यादवर बागमति प्रदेश अध्यक्ष बासु अधिकारी प्रदेश २ का आठ वटै जिल्लाका अध्यक्षहरुमा क्रमशः रौतहत अध्यक्ष सिकेन्द्र यादव,महोत्तरी अध्यक्ष युगल किशोर यादव सिरहा अध्यक्ष शिवशंकर काम्ती,सप्तरी अध्यक्ष गंगा प्रसाद यादव र समेत शुभकामना मनत्व्य राख्नु भएको थियो ।

news rahat  lahan.photo 4
जिलला अध्यक्षहरुले ६० वर्षसम्म राहतले कार्य गर्न पाउनुपर्ने, राहत स्थायी दरबन्दी हुने गरी राहत शिक्षकहरुको सवभिमान र पेशामा आँच आउने कुनै कदम चाले राहत शिक्षकहरुले वारपारको आन्दोलन गर्न पनि केन्द्रिय कमिटि खुटा कमाउन नहुने सुझाव व्यक्त गर्नु भएको थियो ।

 

 

 

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A