जिवछ उदासी
भूमि ब्यवस्था (सुकम्बासी समस्या) आयोगको सिरहा अध्यक्षमा नियुक्त हुनु भएको गंगा प्रसाद यादवले सरकारले दिएको जिम्मेबारी इमानदारीपूर्वक निर्वा गर्ने बताउनु भएको छ ।
सिरहा जिल्लामा सुकम्बासी समस्या समाधानको लागि २०५१ सालमा नियुक्त हुनु भएको राजेन्द्र प्रसाद चौधरीले राम्रो काम गर्नु भएको स्मरण गर्दैै उहाँले भन्नुभयो, उहाँसँग भएको अनुभव र आफूले पाएको केन्द्रिय निर्देशन अनुसार प्रभावकारी कार्य गर्नेछु । कमाइ खाने भाँडोको रुपमा यसलाई प्रयोग गर्ने छैन । सुकमवासी समस्या समाधान नभइकन समृद्ध नेपाल हुन सक्दैन । यहि मान्यतामा टेकेर अघि बढ्ने छु । सिरहा जिललाका सुकम्वासीहरुको हकहितको लागि सधै संघर्ष गरे अब काम गर्ने पालो आएको अवसरको रुपमा लिएका छौ ।
को हुन ? गंगा प्रसाद यादव ।
लहान नगरपालिका–२३ सरस्वतीमा जन्मिुनु भएको ५९ वर्ष हुनु भएको अध्यक्ष गंगा प्रसाद ३०३७ सालमा सिरहा स्थित सत्यनारायण सुर्य नारायण मरबैता बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सदस्य भएर बाम राजनीतिमा सक्रिय हुनुभयो । २०४३ सालमा तत्कालिन बस्तीपुर गाँउपञ्चायतको जनपक्षीय उम्मेदबारको रुपमा निर्वाचित हुनुभयो । २०४७ सालमा तत्कालिन नेकपा एमालेको जिल्ला कमिटि सदस्यमा चयन भएर २०४८ सालमा सिरहा–१ बट प्रतिनिधि सभाको लागि उम्मेबार भइ पछि पार्टीकै निर्देशनमा मानन्धर समूहबाट उम्मेदबार हुनु भएको चन्द्रशेखरलाल कर्णलाई समर्थन गर्नुभयो । २०५४ सालमा बस्तीपुर गाँउपालिकाको अध्यक्ष निर्वाचित हुनुभयो । २०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा ल्याएको ‘आफ्नो गाँृउ आफै बनाउ’ कार्यक्रमको पूर्वाञ्चल अनुगमन समितिको सदस्य,पहिलो संविधानसभामा एमालेको तर्फबाट सिरहा १ बाट उम्मेदबार हुनु भएको थियो भन्ने २०७४ सालको निर्वाचनमा सिरहा–१ बट उम्मेदबार भई नेपाली काँग्रेसको तर्फबाट उम्मेदबार हुनु भएको प्रदिप गिरीसँग झिनो मतले पराजित हुनु भएको यादव नेकपाका केन्द्रिय सदस्य हुनुहुन्छ । दह्रो र खरो तर्क गर्नुहुने नेता गंगा प्रसाद यादव तडक भडकको राजनीति गरेर गलत प्रतिस्र्धामा भाग नलिने स्वभाव मन पारउनु हुने स्वभाव मन पराउनुहुन्छ । श्रम पसिना र मेहनेत नगर्नेहरु कम्युनिष्ट हुनै नसक्ने मान्यतामा विश्वास गर्नुहुने नेता यादव भन्नुहुन्छ, ‘राजनीतिमा लागि सकेपछि धैर्य गर्नुपर्छ , अवसर एक न एकदिन आउछ नै ।’
समान्य किसान परिवारमा जन्मिनु भएको गंगा प्रसाद यादव भूमि ब्यवस्था आयोगको सिरहा अध्यक्षको जिम्मेबारी केपी ओली नेतृत्वको सरकारले जिम्मेबारी दिएर सरकारले राम्रो काम गरेको सिरहामा सर्वत्र चर्चा चलेको छ । सिरहा भूमि वयवस्था आयोगको सदस्यहरुमा सम्झना थपलिया र उदय साह रहनु भएको यस आयोगले प्रभावकारी काम गर्ने लहान–७ का सुकदेव मुनि यादवले बताउनुभयो । उहाँको अनुसार काम गर्ने सुकम्बासीको पीडा बुझुन सकने नेताले अवसर पाएका हुन् ।
नेकपामा आएको फुट र संसद विघट्नबारे के भन्नुहुन्छ भने जिज्ञासामा यादवले भन्नुभयो,‘प्रचण्ड–माधव समूहले पार्टीमा गुटबन्दी गरेर पार्टी र सरकारलाई ठूलो क्षति गनुभयो । पार्टी अध्यक्ष समेत रहनु भएको केपी ओलीलाई काम गर्न नदिएर झमेला विवाद सृजना गरेर अप्ठयारो अवस्थामा पारेपछि ताजा जनादेशको लागि संसद विघट्न रहर नभएर बाध्ययता भयो ।’
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A