स्वास्थ्य क्षेत्र प्राथमिकतामा : नगरप्रमुख साह

  • फागुन ५, २०७७
  • समृद्धिपथ
alt



जिवछ उदासी
नगरवासीको स्वास्थ्य जाँच र उपचार सहज रुपमा पाउन उद्येश्यले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । लहान नगरपालिका–१ मा नव निर्मित आयुर्वेदिक अस्पताललाई उद्घाट्न गर्दै यस्तो बताृनु भएको हो ।

aaurbedic hospital sanchalanma.lhnn2
उहाँले भननुभयो,‘ स्वास्थ्य सेवाविना हाम्रो लहान, समृद्ध लहानको नारा कार्यान्वयन हुन सक्दैन । यस औषधालयलाई निकट भविष्यमै लहान नगरपालिकाले अस्पतालमा बदलिने छ । आयुर्वेदिक, होमियोपैथिक र एलोपैथिकबाट लहानवासीलाई भरपुर स्वास्थ्य सेवा उपलब्ध गराउने छौ । लहान नगरपालिकाको २४ मध्ये २२ वटा वडामा स्वास्थ्य केन्द्र निर्माण कार्य अघि बढिरहेको छ भने २ वटा वडामा भवन निमौणको लागि जमिन खोजी भइरहेको छ । 

aaurbedic hospital sanchalanma.lhnn2 1

औषधालय भवन निर्माणको लागि दुई कठा करोडौ मूल्यको जग्गा दान गर्नुहुने हरिलाल यादव र विष्णुदेव चौधरीको निधन भैसकेकोले उहाँहरुको पत्नी कौशल्या देवी यादव र श्यामा चौधरीलाई प्रमाणपत्र सहित दोसला ओढाएर नगरप्रमुख साह र उपप्रमुख सरियार कुमरी चौधरीले सम्मनित गर्नुभयो ।

aaurbedic hospital sanchalanma.lhn 3 1
औषधालय निर्माणको लागि जग्गा उपलब्ध गराउने दाताद्वय, यादव र चौधरी परिवारको महानता,तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोको ठूलो योदान रहेको स्थानीय विजय यादवले चर्चा गर्दै यसको विकास र सम्बर्धनको लागि लहान नगरपालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो ।


आयुर्वेद अस्पताल सिरहाका प्रमुख शिवनारायण गुप्ताले आयुर्वेद पदतिबाट मधुमेह र रक्तचाप जसता विरामीहरु हुनै नदिन योग शिविर संचालनको लागि नगरपालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।


औषधालय उद्घाटन कार्यक्रममा यसको सुरक्षा ,संचालन र युवाहरुलाई लागु औधध दुव्र्यसनबाट जोगाउन यस औषधाललाई सहयोग गर्नुपर्ने समाजसेवी कृष्ण बाहादुर यादव, बालेश्वर यादव,लहान–११ का वडाध्यक्ष राजकुमार साह र संचारकर्मी जिवछ उदासीले शुभकामना दिनु भएको थियो ।

aaurbedic hospital sanchalanma.lhn 4 1
औषधालय संचालनको लागि सुरक्षा र आवश्यक फर्निचरको वयवस्था तत्काल मिलाई दिन औषधालयका प्रमुख राम प्रवेश यादवले लहान नगरपालिकासँग माँग गर्नु भएको थियो ।

aaurbedic hospital sanchalanma.lhn 5 1
औषधालयका प्रमुख राम प्रवेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लहान १ र २ का स्थानीय विभिन्न राजनीतिक दलका अगुवा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A