जिवछ उदासी
लहान,भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति सिरहाका अध्यक्ष गंगा प्रसाद यादवले यसपटक जग्गा हुकम्बासीले होइन,वास्तविक सुकुम्बासीले पाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सिरहा जिल्ला अध्यक्षमा नियुक्त कामलाई व्यवस्थित रुपमा अघि बढाउन जिल्ला समन्वय समिति सिरहामा कार्यालय रहने गरी पदभार ग्रहण गर्दै यस्तो बताउनु भएको हो ।
छोटो समयमा धेरै काम गर्नुपर्ने भएकोले यस आयोगसँग प्रत्यक्ष जोडिएको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, मालपोत कार्यालय र नापी कार्यालय, डिभिजन वन कार्यालय,स्थानीय तहहरु सबैले सहयोग गर्नुपर्ने उहाँले आग्रह गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारालाई कार्यान्वयन गर्न संविधानमा व्यवस्था भएअनुसार हरेक भूमिहिनलाई आवासको लागि जमीन उपलब्ध गराउन आयोग प्रतिवद्ध भएर काम गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो,‘यसभन्दा अघि गठित सुकुम्वासी समस्या आयोगहरुले सुकुम्वासीलाई जमीन उपलब्ध गराउन गरेका राम्रा कार्यहरुको अनुसरण पनि गर्छौ । सुकुम्बासीको नाममा हुकुम्वासीलाई जग्गा प्रदान गरेको हो भने त्यसलाई कार्वाहीको दायरामा ल्याउन पनि पछि पर्ने छैनौ ।’
पटक पटक सुकुम्बासीको समस्या उठाउनु नपरोस भन्ने उद्येश्यले यस पटक सुकुम्वासी आयोग ना नदिएर भूमि सम्बन्धी समस्या समाधान आयो नमाकरण गरेको अध्यक्ष यादवले प्रष्ट्याउदै थप्नुभयो,‘जीवनभरी गरीव दलित उत्पीडित जनताको पक्षमा आवाज उठाँउदै आयौ यसपटक सरकारले यहि समस्या समाधान गर्न जिल्ला अध्यक्षको जिम्मेबारी दिएर खटाएको छ । यस जिम्मेबारीलाई इमानदारीपूर्वक निर्वाह गर्नेछु ।’
२०५८ सालमा गठित सुकुम्वासी समस्या आयोगको मूल म्यानुट जिल्ला मालपोत कार्यालयमा नरहेकोले त्यतिवेला भूमाफियाहरुको चलखेल भएको अशंका रहेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी गराँउदै १७ वटै स्थानीय तहहरुमा ऐलानी पर्ति र बाँझो जग्गा छुट्टयाएर वास्तविक सुकुम्वासीहरुलाई जग्गा वितरणको लागि सूचना प्रविधि र पारदर्शिताको नीतिलाई अबलम्बन गर्नुपर्ने सुझाव दिनुभयो सिरहा जिल्ला समन्वय समिति सिरहाका प्रमुख राम चन्द्र ठाकुरले जिल्लाका १७ वटै स्थानीय तहहरुसँग समन्वय गरेर वास्तविक गरीव दलित भूमिहिन सुकुम्वासीहरुलाई अवासको लागि जमीन उपलब्ध गराउन सिरहाका भूमि सम्बन्धी समस्या समाधान आयोग सफल होस भन्ने शुभकामना दिनुभयो
पदभार कार्यक्रममा जिल्ला मालपोत कार्यालयका प्रमुख मोहन सिंह दर्जी, डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख सुभाष दास जिल्ला समन्वय समिति सिरहा उपप्रमुख सरोज कुमार यादव,बरियारपटि गाँउपालिका अध्यक्ष सन्तोष महतो र नेकपामा केन्द्रिय सदस्य राम शंकर यादव लगायतका विभिन्न क्षेत्रका अगुवाहरुले आयोगका सदस्यहरु सम्झना थपलिया र उदय साहको कार्यकाल सफल होस कामना गर्दै वास्तविक सुकम्वासीहरु नछुटुन र हुकुम्वासीहरुले जग्गा नपाउन भने सुझाव दिनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A