जिवछ उदासी
लहान,फागुन १३ गते । लहान नग्पालिकाको वडा नम्बर ३,१९ र २३ जोडने लहान–करैया ट्रायक खुलेको छ । यस ट्रयाकले लहानको दक्षिणी भेगका कृषकहरुको लागि निकै उपयोगी हुने नगरपालिकाले जनाएको छ ।
लहान नगरपालिकाको सहरी र ग्रामीण क्षेत्रको सन्तुलित विकासको लागि यो ट्रयाक खोलिएको लहान नगरप्रमुख मुनि साहले भन्दै यसले दक्षिणी भेगको विकासमा बढी महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो ।
लहान–ठाडी सडकमा निकै चाप रहेकोले वैकल्पिक मार्गको रुपमा लहान नगरपालिकाको दक्षिणी भेगको अन्तिम सिमाना रहेको लहान २३ कडरीयासम्मको वैकल्पिक सडकले कृषकहरुको वृहत्तर फाइदालाई ध्यानमा राखेर यो ट्रयाक खोलिएको प्रमुख साहले प्रष्टयाउनुभयो ।
उहाँले भन्नुभयो,‘लहान नगरपालिकाको उत्तरी दुर्गमदेखि दक्षिणी भेग सुगमसम्म सडक सञ्जाल बिस्तार गरी हाम्रो लहान, समृद्ध लहानको नारालाई व्यवहारतः उतार्न प्रयासरत छौ ।’
लहान–कडरिया ट्रयाक खुलेपछि तीनै वडाका कृषकहरुलाई तरकारी खेतिगर्न मद्यत पुग्नुको साथै बाँझो जग्गाहरुमा उत्पादन बढने लहान–२३ कडरियाका रमेश परसैलाले बताउनुभयो ।
लहान–३ का नथुनी महतोको अनुसार हामीले सोचेका थिएनौ यो ट्रायक खुल्ला तर प्रतिवद्धता अनुसार लहान नगरप्रमुख साहले ट्रायक खोलेर राम्रो काम गरेको खुसी व्यक्त गर्नुभयो ।
सखुवानन्कारकटी गाँउपालिकाले यस ट्रयाकमा थप जोडिदियो भने हुलाकी मार्गमा जोडिन पुग्दा झनै महत्व बढ्ने सखुवानन्कारकटि –४ का प्रयागलाल यादवको बुझाइ रहेको छ । यसको लागि हामी पहलकदमी लिने उह्राँले विश्वास व्यक्त गर्दै लहान नगरपालिकाको यस कार्यबाट खुसी भएको उहाँले बताउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A