सरकार ढल्ने संभावना छैन : कानुनमन्त्री श्रेष्ठ

  • फागुन २०, २०७७
  • समृद्धिपथ
alt


जिवछ यदासी
लहान,नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिलामन्त्री तथा नेकपाका केन्द्रिय सदस्य सिरहा इन्चार्ज लिालानाथ श्रेष्ठले वर्तमान सरकार ढल्ने कुनै संभावना नरहेको बताउनु भएको छ ।नेकपा केन्द्रिय सदस्यहरु र सिरहा–१ का उपलब्ध जिल्ला कमिटिका सदस्यहरुलाई लहान नगरपालिकामा आयोजित भेटघाट कार्यक्रमलाई छोटो समयमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

देशी विदेशी शक्तिहरु जे राष्ट्रियता, समृद्धि विकासलाई मनराएका छैन तिनिहरु षडयन्त्र गरिरहेका छन् । तर यस्ता खालका षडयन्त्रहरुलाई निस्तृज गरेर हमी अगाडि बढ्दौ र सफल पनि हुनेछौ उहाँले प्रष्टयाउनुभयो ।मन्त्री श्रेष्ठले थप्नुभयो,‘कुनै हालतमा एमसीसी परियोजना पास नहुने भन्दै आइरहनु भएको झलनाथ खनाल अहिले एमसीसी पास गर्न आतुर रहेको भन्नु र प्रचण्डले भारतको लागि कम्फरटेवल सरकार बनाउन लागि परेको अभिव्यक्तिबाट भारत र अमेरिका दुबै देशले सरकार ढाल्न लागि परेपनि संसदीय दलमा बहुमत रहेकोले सरकार ढल्दैन ।’

kanun mantri news.photo 3
उहाँले भन्नुभयो, ‘देशी विदेशी शक्तिहरुले अहिले निर्वाचन आयोगलाई घुमाउरो पाराले अनावश्यक दबाब दिइरहेको छ । तर सरकार हरेक देशी विदेशी षडयन्त्रलाईए चिर्दै अघि बढ्ने छ । पाटी र सरकारलाई जोगाउन भ्रम चिर्न जनतालाई सचेत बनाउन लाग्नुपर्ने आवश्यक्ता छ ।’

बलान नदी नियणत्रण गर्न उठाएको जिल्ला कमिटिका सदस्य अशेश्वर यादवको माग र नेपाल राहत शिक्षक केन्द्रिय सदस्य विदुर भट्टराइले राहत शिक्षकहरुको समस्या समाधान गर्न स्थायीको लागि राखेको समस्यालाई समबन्धित मन्त्रालयसँग समन्वय गरेर समाधान गर्ने मन्त्री श्रेष्ठले विश्वास दिलाउनुभयो ।

kanun mantri news.photo 1
केन्द्रिय कमिटि सदस्यहरु क्रमशः गंगा प्रसाद यादव, लहान नगरप्रमुख समेत रहनु भएका मुनि साह ,राजेन्द्र चौधरी र राम शंकर यादव, ।रामरति राम,जिल्ला कमिटिका सदस्यहरु इन्द्र नारायण चौधरी, मन्टी कुमार मण्डल, राज कुमार साह,राज कुमार यादव, शिव कुमार तमाङग,गीता चौधरी , देव नारायण साह ,तारणी यादव, भुप नारायण यादव,ग्नालाल यादव लगायतका जिल्ला कमिटिका सदस्यहरु सहभागी रहेका थिए ।

 



मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A