लहान । सिरहाको लहान स्थित मालपोत कार्यालयमा भएको बम विष्फोटमा परेर गम्भिर घाइते भएका दिनेश भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं स्थित ट्रमा सेन्टरमा लगिएको छ ।
आइतबार दिउँसो १ बजे मालपोत कार्यालयको दोस्रो तलामा बम विष्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं गलिएको हो । घाइते भण्डारीको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रेसर कुकर बम विष्फोटमा परेर मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका छन्।
घाइते हुनेहरुमा धनगढीमाई नगरपालिका ४, जयपुर घरका दिनेश भण्डारी, भगवानपुर ३ का बद्री नारायण यादव, विष्णुपुरकट्टीका शिवकुमार यादव, गोलबजार नगरपालिका ६ का लक्ष्मी राणा र बेचनी मगर, गोलबजार ४ का फुलकुमार ठाकुर, लहान १६ का लालबाबु विक, धनगढीमाई १३ का भोला बहादुर पाक्षे मगर रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पम्पलेट भेटिएको छ। त्यही समूहले विस्फोट गराएको हुन सक्ने इलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा. तपन दाहालले बताउनु भयो ।
कानून न्याय तथा संसदिय मामिला मन्त्री तथा नेकपा (एमाले) सिरहा ईन्चार्ज लिलानाथ श्रेष्ठको पहलमा बिष्फोटका घाईतेलाई हेलिकप्टरबाट उपचारकालागि काठमाण्डौ लगिएको जनाइएको छ ।


सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A