बम विस्फोट घटनाप्रति मानवअधिकारवादी संघसंस्थाको ध्यानाकर्षण

  • चैत ४, २०७७
  • समृद्धिपथ

धनुषा । सिरहाको लहान नगरपालिका–१ मालपोत कार्यालयमा गत आइतवार बम विस्फोटको घटनाप्रति इन्सेकलगायत मानवअधिकारवादी संघसंस्थाहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बम विस्फोट घटनामा परि १ जना कर्मचारी र ७ जना सेवाग्राहीसहित ८ जना घाइते भई उपचाररत्त रहेकाले सो घटनाप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको एक विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेका हुन् ।

इन्सेक प्रदेश २ प्रमुख राजु पासवान, एड्भोकेसी फोरम नेपालका प्रदेश २ संयोजक राजकुमार महासेठ, ओरेक धनुषाका जिल्ला परियोजना संयोजक रोजलिन सिंह बछार, सेफ नेपालका टिम लिडर विनोद महरा, महिला मानव अधिकार रक्षक संंजालका सदस्य जमुना भुजेल, युथ एडभोकेसी नेपालका अभियान संयोजक दिवाकर उप्रेती र मानवअधिकारका संयोजक प्रदिप यादवद्धारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा कार्यालयमा सेवा लिनका लागि आउने सेवाग्राही, सर्वसाधारण जनतालाई लक्षित गरि बम विस्फोटन गराउनु हिंसात्मक तथा अपराधिक र निन्दनीय गतिविधि भएको ठहर गरेका छन् ।

बम विस्फोट घटनामा परि घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित उपचारमा लाग्ने खर्च नेपाल सरकारले व्यवस्थापन गर्नुपर्ने र घटनालाई सही तथ्यरुपमा छानविन गरि दोषीमाथि कडा भन्दा कडा कारवाही गर्न विज्ञप्तिमार्फत माग समेत गरेका छन् ।

बम विस्फोट भएको घटना स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुहको पर्चा भेटिएको र घटनाको जिम्मेवारी समेत लिएकाले सो समुहलाई यस्ता गतिविधी नगर्न आग्रह गर्दै नागरिकको अधिकारलाई सम्मान गर्दै शान्तिपूर्ण तरिकाले आफना माग अगाडी बढाउन आग्रह समेत गरेका छन् ।

Press Release, 2077-12-03 gate

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A