अनुगमन गर्न यातायात कार्यालय लहान पुगेपछि विचौलियाहरु भागाभाग

  • चैत्र ४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान । लहान स्थित यातायात व्यवस्था कार्यालय लहानमा अनुगमन गर्न पुगेका अनुगमन टोलीलाई देखेर सयौको संख्यामा विचौलियाहरु भागाभाग भएका थिए । आइतबार मालपोत कार्यालय लहानलाई सुचारु गर्न अनुगमन गर्न पुगेका टोली लहान स्थित नापी शाखा र डिभिजन वन कार्यालय लहानको समेत अनुगमन गरेको थियो ।

यातायात कार्यालयमा पुग्दा लाइसेन्स अनुमति पत्रको लागि फर्म भर्दा मूल्य सूची नभएको कमजोरी गरेका दुई जनालाई सोधपुछको लागि नियणत्रणमा समेत लिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार जनगुनासो बढिरहेको कार्यालयहरुको नियमित अनुगमन गर्नेछ । गएको आइतबार लहान स्थित मालपोत कार्यालयमा भएको बम विष्फोट भएपछि बन्द रहेको कार्यालय आउने आइतबारदेखि सुचारु हुनेछ । सेवाग्राहीहरुको पूर्ण सुरक्षाको प्रत्याभूति गर्ने गरी कार्यालयको व्यवस्थापन भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारीको प्रदिपराज कणेलको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख सुदिपराज भण्डारी, सशस्त्र प्रहरी वलका जिल्ला प्रमुख दिपेश गिरी, इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक डा. तपन आहाल, लहान नगरपालिका प्रमुख प्रशासकीय अधिकृक खेमनन्दन भुषालको संयुक्त टोलीले मालपोत कार्यालयको अनुगमन गरी आन्तरिक व्यववस्थापन गरेर सुरक्षाको पूर्ण प्रत्याभूति गराउने गरी आँउदो आइतबारदेखि सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

गएको चैत १ गते भएको बम विष्फोटमा परि सेवाग्राही धनगडीमाई–४ का दिनेश भण्डारी, कार्यालयका नायव सुब्बा शिव कुमार यादव सहित आठ जना घाइते भएका थिए । कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट गम्भीर घाइते भएको भण्डारीलाई सोही दिन काठमाण्डौ पुरयाएको थियो । सुब्बा यादवको उपचार विराटनगरमा भइरहेको छ भने वाँकी ६ जनाको अवस्था समान्य रहेको छ ।

प्रमुख जिल्ला अधिकारीको प्रदिपराज कणेलको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख सुदिपराज भण्डारी, सशस्त्र प्रहरी वलका जिल्ला प्रमुख दिपेश गिरी, इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक डा. तपन आहाल, लहान नगरपालिका प्रमुख प्रशासकीय अधिकृक खेमनन्दन भुषालको संयुक्त टोलीले अनुगमन गरेको थियो ।

 

 

 

 

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A