बालबालिकाहरुको आँखा सुरक्षाको लागि शिक्षकहरुलाई सचेतना

  • चैत ६, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,चैत ६ गते । लहान स्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानले विद्यालयका बालबालिकाहरुको आँखा सुरक्षाको लागि सामुदायिक विद्यालयका शिक्षकहरुलाई एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ‘रीच’ कार्यक्रम अन्तर्गत साम्दायिक विद्यालयका ३० जना शिक्षकहरुलाई सचेतना गराएको हो ।


(६–८) वर्ष उमेर समूहका बालबालिकाहरुको आँखाको सुरक्षाको लागि शिक्षक शिक्षिकाहरुको भूमिका महत्पूर्ण रहेकोले विद्यालय स्तरीय कार्यक्रम संचालन भइरहेको कार्यक्रम संचालक चिकित्सक विवश राणा र तीर्थ कुमार सिंहले जानकारी दिनुभयो ।


उहाँहरुको अनुसार टेढो आँखा ,दृष्टिदोष, मोतिविन्दु र जलबिन्दु लगायतका आँखाका समस्याहरु बालबालिकामा देखिएपछि विद्यालयका शिक्षक शिक्षिकाहरु पहिचान गरेर अस्पतालमा पुरयाउन शिक्षकहरुलाई आवश्यक जानकारीको लागि सचेतना कार्यक्रम ल्याएको हो । सन् २०१८ देखि विराटनगर आँखा अस्पतालले संचालन गरेको रीच कार्यक्रम लहानसगरमाथा चौधरी आँखा अस्पतालले २०१९ देखि संचालनमा ल्याएको हो ।

eye news lahan 5 chait.photo 2
पिभिएस दृष्टिमापन गरेर बालबालिकाहरुमा देखिने आँखा सम्बन्धी समस्यालाई शिक्षकहरुले पहिचान गरी अस्पताल पठाएमा निःशुल्क उपचार, शल्यक्रिया र चश्मा समेत दिइने चिकित्सक सिंहले जानकारी दिनुभयो । उहाँको अनुसार लहान नगरपालिकाको १ देखि १० नम्बरसम्मका वडामा ६ हजार ९१९ बालबालिकाहरुको जाँच गर्दा २५० जनामा आँखाका समस्या देखिएको थियो भने १० जनाको शल्यत्रिया र ९८ जनालाई चश्मा दिएको थियो ।


दृष्टिदोषका कारण आँखा टेढो हुन सक्ने र समयमा उपचार नभएमा दृष्टि नै गुम्न सक्ने अवस्था आउन सक्ने प्रशिक्षक चिकित्सक सिंहले सचेत गराँउदै बालबालिकाहरुको आँखा जोगाउन शिक्षकहरुको अहम भूमिका हुने सचेत गराउनु भएको थियो ।

eye news lahan 5 chait.photo 3
आँखा सम्बन्धी सचेतना कार्यक्रमले विद्यालका बालबालिकाहरुको हेरचाह गर्न एक दिवसीय सचेतना तालिम कार्यक्रमले ठूलो उपलब्धी हुने श्री जनता आधारभूत विद्यालय लहान मटियर्वाका शिक्षका राखी चौधरीले भन्दै सिकेको ज्ञानलाई विद्यालयमा गएर व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A