एलएमसि कलेजमा लागु औषध सम्बनधि जन चेतना कार्यक्रम

  • चैत ६, २०७७
  • समृद्धिपथ
alt

विजय साह,

लहान । सिरहा प्रहरीले लहानका स्कुल तथा कलेजहरुमा लागु औषध तथा दुव्र्यसनी सम्वन्धी जनचेतना मुलक कार्यक्रम सुरु गरेका छन् । सशस्त्र प्रहरी वल सिरहाले लागु औषध दूव्र्यसनी तथा बिपत व्यावस्थापन सम्बन्धी जनचेतना कार्यक्रम अन्तर्गत शुक्रबार एलएमसी कलेज लहान गरेको हो ।

लागु औषध दुव्र्यसनीले समाजमा पार्ने नकारात्मक असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा प्रहरीले जनचेतना अभियान सुरु गरेको सशस्त्र प्रहरी वल लाहानका प्रमुख प्रहरी नायव उपरीक्षक बिनोद थापाले जानकारी दिनुभयो ।

स्कुल तथा क्याम्पसमा पढने बिद्यार्थी लागु औषध दूव्र्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने उद्देश्यका साथ प्रहरीले लाहानका स्कुलहरुबाट अभियान सुरु गरेको छ । सशस्त्र प्रहरी वल लाहानका प्रमुख प्रहरी नायव उपरीक्षक थापाले एलएमसि कलेज लहानमा पढने कक्षा ११ का जम्मा १ सय ४० जना बिद्यार्थीहरुको लागि लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन आगलागी, भुकम्प सम्बन्धी जनचेतना मूलक प्रस्तुति राखेका थिए ।

युवा तथा बिद्यार्थीहरु नै लागु औषधमा फस्न सक्ने र बिद्यार्थीहरुले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरु प्रवाह गर्न मदत गर्न सक्ने भएकाले स्कुल तथा क्याम्पसहरुमा जनचेतना मुलम कार्यक्रम सुरु गरिएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा लागु औषधको प्रयोगबाट युवा पिडिमा पर्ने असरहरुले समाजमा पार्ने नकरात्क घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी गराइएको थियो । बिद्यार्थीहरुलाई लागू औषध भनेको के हो, लागू पदार्थ सेवन गर्दा का बेफाईदाहरु, समाज मा कस्ता असर पार्छ र कसरी निबारण गर्न सकिन्छ भन्ने जानकारी दिएका थिए ।

नेपालमा खासगरी युवा पुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ । प्रहरी उनायव उपरिक्षक थापाले बिद्यार्थीहरुलाई लागु औषधको प्रभावले मानब शरीरको केन्द्रीय स्नायु प्रणालीमा असर पार्ने जानकारी गराउँदै प्रयोगको मात्रा बढ्दै गएपछि मानिसको मृत्यु गराउने सम्म पुग्ने भएकाले सचेत रहन आग्रह गरेका थिए । सामाजिक संस्कार बिगार्ने, अपराध बढ्ने, दक्ष जनशक्ति कुलतमा फस्ने, अर्थ व्यवस्थालाई ध्वस्त बनाउने, जस्ता समस्याहरु लागुऔषधद्वारा सृजित जटिल सामाजिक समस्या आइपर्ने जस्ता जटिलताहरु बताएका थिए । लागु औषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभाबका कारण यसलाई सामाजिक अपराधका रुपमा लिईएको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो । जनचेतना मुलक कार्यक्रममा बिपत व्यावस्थापन सम्बन्धी सशस्त्र प्रहरीले गरेका बिभिन्न उद्धार तथा सकारात्मक कामहरु बारेमा पनि जानकारी गराइएको थियो ।

कार्यक्रममा एलएमसि कलेज लहानका प्रधानाध्यापक मनोज कर्ण, सहायक प्रधानाध्यापक महेश कुशवाह, कलेजका शिक्षकहरु बिजय यादव, बिरेन्द्र यादव, शिवकुमार राई, अमन यादव लगायतका उपस्थिति रहेको थियो।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A