घरेलु हिंसा सम्बोधनका लागि संयुक्त कार्ययोजना निर्माण

  • चैत ८, २०७७
  • समृद्धिपथ
alt

रामभरोसी महतो,

लहान । घरेलु हिंसाका घटनालाई प्रभावकारी सम्बोधनका लागि सिरहा र सप्तरीमा न्यायिक समिति, प्रहरी र स्थानीय समाजिक अभियन्ताहरुले संयुक्त कार्ययोजना निर्माण गरेका छन् ।

युकेएडको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्रले प्रदेश २ मा सञ्चालन गरिरहेको सहज परियोजनाको सहकार्यमा जिल्ला प्रहरी कार्यालयले अयोजना गरेको जिल्ला स्तरीय सामुदायिक अंकपत्र कार्यक्रममा सहभागी न्यायिक समिति, स्थानीय प्रहरी र सामाजिक अभियन्ताहरुले घरेलु हिंसाको घटनालाई सम्बोधन गर्ने सवालमा सहकार्य र समन्वय कमजोर रहेको ठहर गर्दै प्रभावकारी तरिकाले प्रभावितलाई छिटो र छरितो तरिकाले सेवा प्रदान गर्न संयुक्त कार्ययोजना निर्माण गरेको हो ।

कार्यक्रममा घरेलु हिंसा सम्बोधनको सवालमा विभिन्न नौ वटा सुचकहरुमा केन्द्रित भई प्रदायक र सेवाग्राहीले छुटाछुटै सम्वाद गरी अंक प्रदान गरी पुन अन्तरसम्वाद गरी साझा सहमति कायम गरिएको थियो । यसरी गरिएको अन्तर सम्वादबाट घरेलु हिंसाको घटना सम्बोधनका सवाल सरोकारवलाबीच सहकार्य र समन्वय कमजोर रहेकोले प्रभावकारी रुपमा सेवा प्रदान गर्न न्यायिक समिति, प्रहरी र सामाजिक अभियन्ताबीच नियमित अन्तरक्रिया, प्रभावितहरुलाई घरेलु हिंसा सम्बन्धी ऐन कानुन तथा उजुरी गर्ने प्रकृया बारे अभिमुखिकरण, समुदाय प्रहरी र न्यायिक समितिबीच सम्वाद लगायतको कार्य नियिमित रुपमा गर्ने संयुक्त कार्ययोजना निर्माण गरिएको सहज परियोजनाका कार्यक्रम अधिकृत रामभरोसी महतोले जानकारी दिनुभयो ।

कार्यक्रम अधिकृत महतोका अनुसार सामुदायिक अंक पत्र कार्यक्रममा प्रहरी र न्यायिक समिति बीच नियमित अन्तरक्रिया र उचित समन्वय एवं परामर्श हुने गरेको छ ।, प्रहरी र न्यायिक समिति बीच व्यवस्थित रुपमा केश आदानप्रदान हुने गरेको छ ।, प्रहरी र न्यायिक समितिको सेवा प्रवाहको क्रममामा एक आपसमा सहयोग र समन्वय रहेको छ ।, समुदायका सदस्यहरुप्रहरी कार्यालय कोही सहयोगी बिना नै गएर आफ्ना कुरा निर्धकसंग राख्न र उजुरी दर्ता गराउन सक्छन् ।, समुदायका सदस्यहरु न्यायिक समिति सहयोगी बिना नै गएर आफ्ना कुरा निर्धकसंग राख्न र उजुरी दर्ता गराउन सक्छन् ।, प्रहरीले प्रभावकारी रुपमा घरेलु हिंसाका घटनाहरु सम्बोधन गरेको छ ।, न्यायिक समितिले प्रभावकारी रुपमा घरेलु हिंसाका घटनाहरु सम्बोधन गरेको छ ।, प्रहरी र सामाजिक अभियान्ताहरुको बीचमा सहकार्य हुने गरेको छ । र न्यायिक समिति र सामाजिक अभियान्ताहरुको बीचमा सहकार्य हुने गरेको छ भन्ने सुचकमा पहिलो चरणमा सेवा प्रदायक र सेवाग्राहीले छुटाछुटै सम्वाद गरी अंक प्रदान गरेको थियो भने दोस्रो चरणमा दुवै समुह अन्तर सम्वाद गरी साझा अंक प्रदान गरेको थियो ।

घरेलु हिंसाका घटनाहरुलाई सम्बोधन गर्नका लागि प्रहरी, न्यायिक समिति र सामाजिक अभियान्ता समुदायहरु बीचको सहकार्यलाई थप बलियो बनाउने र प्रभावितहरुले थप छिटो छरितो रुपमा सेवा प्राप्त गर्नका लागि सेवा प्रदायकहरु बीचको केश रिफरल प्रणालीलाई थप बलियो र प्रभावकारी बनाउने उदेश्यले समग्र जन उत्थान केन्द्र सहज परियोजनाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सिरहाले चैत्र ३ गते सिरहामा आयोजना गरेको सामुदायिक अंक पत्र कार्यक्रममा सिरहा नगरपालिका, धनगढिमाई नगरपालिका, कल्याणपुर नगरपालिका र विष्णुपुर गाउँपालिकाको न्यायिक समिति, महिला शाखा प्रतिनिधी, स्थानीय प्रहरी र सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो । भने जिल्ला प्रहरी कार्यालय सप्तरीले चैत्र ५ गते सप्तरीको राजविराजमा आयोजना गरेको सो कार्यक्रममा राजविराज नगरपालिका, सुरुंगा नगरपालिका, तिलाठीकोइलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिकाको न्यायिक समिति, महिला शाखा प्रतिनधि, स्थानीय प्रहरी र सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सामुदायिक अंकपत्र सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका असय अम्बिका राई, हवलदार अरुण यादव, इलाका प्रहरी कार्यालय भेडिया सप्तरीका निमित प्रमुख सगिर राइन, जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सृजना गरुङ्ग समाजिक अभियन्ता दिलिप सिंह, शषि मण्डल, विद्या वस्नेत र विशेन्द्र पासवानले सहजिकरण गर्नुभएको थियो ।

Saptary CSC

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A