तीन गोल गर्दै जीत हात पारयो लहान

  • चैत्र ९, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान, लहान भेट्रान कप फुटवल प्रतियोगिता २०७७ प्रतियोगिताको तेस्रो दिन लहान हिम कस्तुरी युवा क्लवका खेलाडीहरुले एकका विरुद्ध तीन गोलले उदयपुर त्रियुगाालाई हराँउदै जीत हासिल गरेको् छ

मध्यान्तरभन्दा अगाडि लहानका भेट्रान टीमका हेमन्त कुमार चौधरीले २ गोल र साज कुमार आलले १ गोल गरी अग्रता हासिल गरेको थियो । मध्यान्तरपछि सुरु भएको खेलमा उदयपुर त्रियुगा भेट्रान टीमका १० नम्बरका खेलाडीले एक गोल गर्न भ्याएको थियो ।

vetran footbal news.photo 2

सोमबारको खेलमा म्यान अफ द म्याच हिम कस्तुरी युवा क्लवका खेलाडी युगल किशोरलाई उपाधी प्रदान गरिएको थियो । हेमन्त चौधरीलाई लहान –८ का वडाध्यक्ष विजय कुमार महतोले नगद पन्ध्र सय र बाबुलाल माझीले पन्ध्र सय गरी तीन हजार पुरस्कार दिएको थियो भने युगल किशोर चौधरीलाई प्रोत्साहित गर्न लहान –७ का वडाध्यक्ष राकेश रोशन गुप्ता पाँच सय र लहान नगरपालिकाका प्रशासकीय प्रमुख खेमनन्दन भुषालले पाँच सय नगद पुरस्कार दिनुभयो ।


मङगलबारको खेल सर्लाही लालबन्दी भेट्रान र सिएम विराटनगर भेट्रान खेलाडीबीच हुने भएको छ । लहान नगरपालिका र विभिन्न संघ संस्था र उद्योगी व्यापारीहरुको सहयोगमा संचालित प्रतियोगिताको गएको शनिबार खेलको उद्घाटन लहान नगरपालिका प्रमुख मुनि साहले गर्नु भएको थियो ।



 

 

 

 

 

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A