आधुनिक शौचालय निर्माण सम्पन्नपछि विद्यालयलाई हस्तान्तरण

  • चैत १०, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी
वाटरएड नेपाल र दलित जन कल्याण युवा क्लव लहान –१० को संयुक्त साझेदारीमा संचालित विकन परियोजना अन्तर्गत आधुनिक सुविधासम्पन्न शौचालय मर्मत निर्माणपछि लहान –१० स्थित रहेको श्री जनता आधारभूत विद्यालय बैरियागुँदीगाँउलाई एक औपचारिक कार्यक्रमबिच हस्तान्तरण गरेको छ ।


नौ लाख पन्ध्र हजार सात सय उन्नाईस रुपैयाँको लागतमा सम्पन्न सुविधा सम्पन्न शौचालय हस्तान्तरण कार्यक्रममा दलित जनकल्याण युवा क्लवका अध्यक्ष उमेश विसुन्केले विद्यालयको भौतिक संरचनाको लागि यत्रो सहयोग गरेर राम्रो कार्यमा लगानी गरेको अनुभूति भएको खुसी व्यक्त गर्नुभयो ।


उहाँले भन्नुभयो,‘विद्यालयमा शौचालय निर्माण भएपनि गाँउमा शौचालय र खानेपानीको समस्या छ । त्यो समस्यापनि चाँडै सामाधान गरिनेछ । विद्यालयमा शैक्षिक सुधारको लागि अभिभावकहरु सचेत हुनुको साथै विद्यालयमा निर्माण भएको भौतिक संरचनाहरुको संरक्षणको जिम्मेवारी वहन गर्न पछि पर्नु हुँदैन ।’

shauchalay hastantaran news.photo 2
परियोजना संयोजक किरण ढुङगानाले विकन परियोजना भनेकै अन्धयारोमा उज्यालोको अनुभूति गराउने परियोजना भएको प्रष्टयाउदै निर्माण भएको भौतिक संरचनाको दीगोपनको लागि विद्यालय परिवार सचेत रहनुपर्ने सुझाव दिनुभयो ।
अभिभावकहरुको तर्फबाट पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहनु भएको विन्देश्वर पासवानले शैक्षिक सुधारको लागि अभिभावकहरु आफ्नो विधार्थीहरुलाई नियमित विद्यालय पठाउनुपर्ने,नगरपालिका शिक्षा शाखाबाट दिइको प्रतिदिन हाजिरीको आधारमा १५ रुपियाँमा अभिभावकहरुले केहि थपेर पौष्टिक आहार भएको खाजा सहित पोशाकमा नियमित विद्यालय पठाउन सबैमा आग्रह गर्नुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नथुनी पासवानले यस विद्यालयलाई नमूना विद्यालय बनाउन दलित जनकल्याण युवा क्लव र लहान नगरपालिकाबाट भइरहेको सहयोगले अब विद्यालयको प्रगति दिनु दुई गुणा रात चार गुणाको दरले प्रगति हुने विश्वास व्यक्त गर्नुहुँदै विद्यालयको भौतिक र शैक्षिक विकासको लागि अनवरत रुपमा विद्यालयका अभिभावक शिक्षक र समिति लागि रहनुपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

shauchalay hastantaran news.photo 3
त्यस विद्यालयका प्रधानाध्यापक रङगलाल साहका अनुसार विद्यालयमा विकन परियोजनाबाट शौचालय र खानेपानीको समस्या निदान नै भएपनि शैक्षिक वातावरण बनाउन अभिभावकहरु सक्रिय हुन आवश्यक रहेकोमा जोड दिँदै भन्नुभयो,‘विद्यालयका शिक्षक शिक्षिकाहरुले गरिरहेको मिहनेतबाट मात्रै शैक्षिक लक्ष्य हासिल हुन सक्दैन । साझ विहान गृहकार्य गर्न नियमित खाजा र पोशाकमा विधार्थी पठाउन जागरुक्क हुन जरुरी छ ।’

shauchalay hastantaran news.photo 4
इस परियोजनालाई सफल बनाउन प्राविधिक इन्जिनियर सुन्दर साह,सव इन्जिनियर अरविन्द विसुन्के,बाल क्लव गठन गर्न नम्रता भट्ट सामुदायिक परिवर्तनकर्ता राज कुमारी पासवानको सक्रिय भूमिकाको पनि कार्यक्रममा प्रशंसा गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि लहान –१० का वडासदस्य जिवछी पासवानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A