लहानमा निःशुल्क पाठेघर जाँच स्वास्थ्य शिविर सुरु

  • चैत ११, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी,

लहान । लहान नगरपालिका स्वास्थ्य शाखाबाट निःशुल्क स्वास्थ्य शिविर बुधबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने शिविरमा दुई सय जना महिलाहरुको उपचार हुने स्वास्थ्य शाखा लहानले जनाएको छ ।

लहान–५ मा अवस्थित होमियोपैथिक अस्पतालमा बुधबार शिविरको उदघाट्न गर्दै नगरप्रमुख मुनि साहले भन्नुभयो, ‘हाम्रो लहान, समृद्ध लहानको सपना सकार पार्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौ ।’लहानका कृषि शाखाबाट प्लान्ट शिविर पशु शिविर र स्वास्थ्य शाखाबाट आँँखा शिविर सम्पन्न गरेर पाठेघर सम्बन्धी शिविर सात दिनसम्म विभिन्न स्थानमा सञ्चालन हुन गइरहेकोले यसबाट गरीव दलित विपन्न परिवारका महिलाहरुले स्वास्थ्य लाभ लिन सक्ने उद्येश्यले सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

health shibir news.photo 2
लहान नगरपालिकाको शहरी र ग्रामीण क्षेत्रमा स्वाथ्य केन्द्र स्थापनाको लागि २४ वटा वडा मध्ये १३ वटा वडामा स्वास्थ्य केन्द्र भवन निर्माणको कार्य अघि बढाउनु पर्नेमा ११ वटा वडामा वडामा निर्माण कार्य अघि बढिरहेको छ भने दुई वटा वडामा ठाँउको खोजी भइरहेको छ प्रमुख साहले प्रष्टयाउनुभयो ।


लहान स्वास्थ्य शाखाका प्रमुख राम सुन्दर यादवका अनुसार २० हजारभन्दा वढी पाठेघर शल्यत्रियामा लाग्ने खर्च शिविरमा निःशुल्क हुने छ । शिविर ४,५,६,७,८,९र १० नम्बर वडाका होमियोपैथिक अस्पताल लहान– ५ मा वडानम्बर १,२,र ३ का ११ गते नै शहरी क्लिनिक मटियर्वामा,१९,२०,२१ र २३ नम्बरका छरापटि स्वास्थ्य चौकी लहान–१९ मा १२ गते ,वडानम्बर ११,१२ र २२ पडरिया स्वास्थ्य चौकी लहान १२ मा १२ गते ,१३,१४र २४ नम्बर वडाको गोविन्द स्वास्थ्य चौकी लहान २४ मा,१५ र १८ नम्बर वडाको भदैया स्वास्थ्य चौकी लहान –१८ मा र लहान १६ र १७ तरेगना स्वास्थ्य चौकी लहान १७ मा शिविर सञ्चालन हुन गइरहेको छ ।

health shibir news.photo 3
यता लहान नगरपालिकाका नवरप्रवक्ता राज कुमार साहले जनाए अनुसार नगरपालिकाको बोर्ड बैठकले नयाँ वर्षको शुभकामना सहित नगरका कृषकहरुले खेतिपाती प्रयोजनको लागि खप्त गर्ने विद्युत मास्टर मिटरमा जडान गरेपछि लाग्ने शुल्क पनि नगरपालिकाले नै तीर्ने निर्णय गरेको छ ।

suchana

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A