लैंगिक तथा सामाजिक रुपान्तरणका लागि सहज परियोजनाको गतिविधि आवश्यक

  • चैत १२, २०७७
  • समृद्धिपथ
alt

राम भरोसी महतो,

लहान । समाजमा जटिल समस्याको रुपमा रहेको लैंगिक हिंसाको घटना न्युनिकरण तथा हानिकारक सामाजिक मुल्य मान्यता रुपान्तरणका लागि सहज परियोजनाको गतिविधि अत्यन्त आवश्यक रहेको स्थानीय सरकारका प्रतिनिधिहरुले जोड दिएका छन् ।

युकेएडको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्र लहानद्धारा प्रदेश २ मा सञ्चालित सहज परियोजना अन्तरगत भएको लैंगिक तथा सामाजिक हानिकारक मुल्य मान्यता रुपान्तरणका सन्दर्भमा भएका असल अभ्यासहरुको हस्तान्तरण कार्यक्रममा सहभागी स्थानीय सरकारका प्रतिनिधिहरुले सहज परियोजनाको गतिविधि लैंगिक हिंसाको निरोध तथा सामाजिक रुपान्तरणका लागि आवश्यक रहेको बताएका हुन् ।

सप्तरीको राजविराजमा बुधवारमा आयोजित लैंगिक तथा सामाजिक रुपान्तरणका सन्दर्भमा भएको असल अभ्यास हस्तान्तरण कार्यक्रममा नगरपालिका उपप्रमुख साधना झाले सहज परियोजना अन्तरगत भएको अधिकांश गतिविधिहरुमा आफु सहभागी भएको स्मरण गर्दै ती गतिविधिहरुले समुदायका व्यक्तिहरुलाई लैंगिक हिंसा विरुद्धमा प्रभावकारी तरिकाले सचेतना अभिवृद्धि भएको बताउनु भयो । उपप्रमुख झाले सहज परियोजनाले राजविराज नगरपालिका वडा नं ६ का विपन्न सीमान्तकृत समुदाय २० परिवारमा ल्याएको परिवर्तन उदहरणीय रहेको बताउनु भयो । वहाँले परियोजनाको गतिविधिले समुदाय प्रहरीबीचको विश्वासको वातावरण बढनुको साथै बुहारीहरु आयआर्जनका लागि व्यवसाय थालेकोले हिंसा न्युनिकरण हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले सहज परियोजना अन्तरगत भएको असल अभ्यासहरुलाई नगरपालिकाले संरक्षण गर्दै यसको निरन्तरता दिने वताउँदै अगामी दिनमा नगरभरि नै कार्यक्षेत्र बनाई पुन संस्थालाई काम गर्नका लागि आग्रह गर्नुभयो ।

यस्तै तिलाठीकोइलाडी गाउँपालिकामा मंगलवार सन्पन्न सो कार्यक्रमलाई सम्बोधन गर्दै तिलाठीकोइलाडी गाउँपालिका अध्यक्ष सतिस कुमार सिंहले सहज परियोजनका कारण समुदायका बुहारीहरु हनिकारक सामाजिक मुल्य मान्यतालाई चुनौती दिदै अगाडि बढेको खुशी व्यक्ति गर्नुभयो । वहाँले सहज परियोजनाको असल अभ्यासहरुलाई परियोजनाको अनुपस्थितीमा गाउँपालिकाले संरक्षण गर्दै निरन्तरता दिने प्रतिबढता व्यक्त गर्नुभयो । उपाध्यक्ष सुचिता कुमारी यादवले घरभित्रै सिमिति बुहारीहरु आर्यआर्जनको लागि व्यवसाय संचालन गर्नु र आफनो कुरा निर्धक जनमानसमा राख्न सक्ने क्षमता विकास भएको बताउनु भयो । बुहारीहरुमा आएको यस्तो परिवर्तनले समाजिक रुपान्तरणमा ठुलो योग्दान भएको बताउनु भयो ।
यस्तै बेदेवरसाइन नगरपालिकामा शुक्रवार भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख आतिष कुमार सिंह यादवले सहज परियोजनाले लैंगिक तथा हानिकारक सामाजिक मुल्य मान्यता रुपान्तरणमा महत्वपुर्ण भूमिका निर्वाह गरेकोले पालिकाले यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै सिरहामा आइतवार भएको सो कार्यक्रममा सिरहा नगरपालिका १ का वडा अध्यक्ष महेश कुमार यादव र वडा ७ का वडा अध्यक्ष उपेन्द्र साहले सहज परियोजना अन्तरगत भएको गतिविधि अत्यन्त आवश्यक रहेकोले अगामी दिनमा असल अभ्यासहरुलाई वडा कार्यालयले निरन्तरता दिने बताउनुभयो ।

1
समग्र जन उत्थान केन्द्रले सो पालिकाहरुमा विगत दुई वर्षदेखि सहज परियोजना सञ्चालन गरेको थियो । केन्द्रले सहज परियोजना अन्तरगत लैंगिक तथा हानिकारक सामाजिक मुल्य मान्यता रुपान्तरणका सन्दर्भमा भएको असल अभ्यासहरुलाई स्थानीय पालिकालाई हास्तान्तरण कार्यक्रमको आयोजना गरी परियोजनाको प्रभावकारी कार्यन्वयनमा सहयोग, सहकार्य र समन्वय गर्नेहरुलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो । भने सामाजिक रुपान्तरण विशेष भुमिका निर्वाह गर्ने २० जना बुहारी र स्थानीय स्वयसेवक सहजकर्ताहरुलाई कदर पत्र र प्रशांषा पत्र प्रदान गर्दै सम्मान गरेको थिया । सहज परियोजनाका कार्यक्रम अधिकृत रामभरोसी महतोले सञ्चालन गरेको सो कार्यक्रममा समग्रका अध्यक्ष भैरवप्रसाद गेलाल, भिएसओ नेपालका लैंगिक तथा सामावेशीकरण विज्ञ रत्ना श्रेष्ठ, रिना चौधरी, लैंगिक हिंसा विज्ञ सुनिलकुमार साह समग्रका सहज परियोजना व्यवस्थापक कृष्ण कुमार साह लगायतको उपस्थिती रहेको थियो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A