अन्तरधार्मिक सम्बन्ध लहानमा उदाहरणीय : नगरप्रमुख साह

  • चैत १२, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी ÷फिरोज सिद्धिकी
लहान नग्पालिका प्रमु्ख मुनि साहले लहान नगरपालिकाभित्र अन्तरधार्मिक सम्बन्ध उदाहरणीय रहेको बताउनु भएको छ । यस सम्बन्धलाई अझै प्रगाढ बनाएर ‘हाम्रो लहान, समृद्ध लहान’को नारालाई कार्यान्वयन गर्न लाग्नुपर्नेमा जोड दिनु भएको हो ।


सदभावको पर्व होली,शब ए बरात,इष्टर सण्डे,बुद्ध जयन्ती र नयाँ वर्षको अवसरमा ‘हातेमालो अन्तरधार्मिक समिति’ लहानद्वरा आयोजित आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनु भएको हो ।


लहान नगरपालिकाको २४ वटै वडामा रहेका अन्तर धर्मका मानिसहरुबीच कहिलेपनि धर्मकै विषय लिएर सम्बन्धमा फाटो नआउनुले लहानको विकास र समृद्धिको लागि ठूलो उपलब्धी रहेको उहाँले भन्दै धर्म फरक भएपनि सामाजिक उत्तरदायित्व साझा रहेको बताउनुभयो ।


नगरप्रमुख साहले भन्नुभयो,‘लहान नगरपालिकाको जनसंख्याको बनौट हेर्दा हिन्दु मु्स्लिम, बौध क्रिस्चियनहरु रहेपनि हिन्दु र म्स्लिम धर्मालम्बीहरु एक अर्काको धर्मको सम्मान गर्दै आइरहेको छ । हातोमालो अन्तरधार्मिक समिति लहानले चाडपर्वको अवसरमा सबैलाई एउटै मञ्चमा उपस्थित गराएर गर्ने प्रतिवद्धताहरु उदाहरणीय कार्य हो । धर्मको नाममा हुने विकृति ध्वनि प्रदुषण रोक्न साझा रुपमा लाग्न आवश्यक छ ।’

antardharma newsphoto 1

शुभकामना कार्यक्रममा क्रिस्चियन धर्मका अगुवा प्रकाश थापा,बुद्ध धर्मका प्रचारक उमाकान्त चौधरी,मुस्लिम वेलफेयर सोसाइटी लहानका अध्यक्ष इस्राइल सिद्धिकी, ओशो ध्यान केन्द्रका शैलेन्द्र स्वामी,हिन्दु धर्मका तर्फबाट सुर्य साह,लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पसका प्रमुख तुलसी राम पोखरेल,जिल्ला उद्योग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोकलाल आमात्य,लहान वडा नम्बर –७ का वडाध्यक्ष राकेश रोशन गुप्ता र उपप्रमुख सरियार कुमारी चौधरीले अत्यन्त सामयकि कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै धार्मिक सम्बन्धलाई मजबूत बनाएर लहानलाई विकास र सामाजिक पथमा अघि बढाउन शुभकामना दिनु भएको थियो ।


लहान–५ का वडाध्यक्ष मोहम्मद सुलेमान अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रामभरोसी महतोले गर्नुभएको थियो । कार्यक्रममा शान्तिका लागि सद्भाव नामक पुस्तक नगरप्रमुख साहले विमोचन गर्नु भएको थियो ।

 



लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A