फुटबल खेलप्रति मोह बढाउन लहानका जनप्रतिनिधिहरु उत्रियो मैदानमा लहान –२१ का वडाध्यक्ष हेमन्त यादव घोषित भए ‘म्यान अफ द म्याच ’

  • चैत १३, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी,

लहान । शुक्रबार सम्पन्न जनप्रतिनिहिरु बीच भएको मैत्रीपूर्ण खेलमा लहान नगर उपप्रमुख सरियार चौधरीले नेतृत्व गरेको टिमले नगरप्रमुख मुनि साहले नेतृत्व गरेको टिमलाई शुन्यको विरुद्ध दुई गोलले जीत हासिल गरेको छ । खेलमा लहान–२१ का वडाध्यक्ष हेमन्त कुमार यादवले दुई गोल गरेर म्यान अफ द म्याचका उपाधि पाउनु भएको छ ।

लहान १ नम्बर वडादेखि १२ नम्ब् वडा सम्मका वडाध्यक्षहरु नगरप्रमुख मुनि साहको टिममा थियो भने १३ देखि २४ नम्बर वडासम्मका वडाध्यक्षहरु उपप्रमुख सरियार चौधरीको टिममा सहभागी भएर एक घण्टा खेल मैदानमा रोमाञ्चक खेल खेल्नु भएको थियो । म्ध्यान्तरभन्दा अगाडिसम्म घम्साघम्सी चलेको खेलमा कुनैपनि टिममले गोल गर्न सकेको थिएन । म्ध्यान्तरपछि वडा नम्बर २१ का वडाध्यक्ष हेमन्त यादवले लगातार दुई गोल गरेर नगरप्रमुखले नेतृत्व गरेको टिममाथि हाभी भएको थियो । लहान भेट्रान फुटवल कप प्रतियोगितामा शुक्रबार जनप्रतिनिधिहरु दुई टिममा विभाजित भएर मैत्रीपूर्ण खेल खेलेको थियो । प्रतियोयिोगितामा ६७ वर्षिय नगरप्रमुख खेलप्रति मोह बढाउन खेल मैदामा आफै उत्रेर खेलप्रेमीहरुलाई हौस्याउनु भएको थियो ।

football match chait 13.photo 3
नगरप्रमुख मुनि साह टिमको गोलरक्षक लहान –६ का वडाध्यक्ष अरुण केसी हुनुहुन्थ्यो भने उपप्रमुख सरियार चौधरी टिमको गोल रक्षक लहान–२३ का वडाध्यक्ष कन्हैया प्रसाद गुप्ता हुनुहुन्थ्यो । ६० वर्ष उमेर पार गरिसक्नु भएको लहान नगरप्रमुख मुनि साह,लहान–५ का वडाध्यक्ष सुलेमान अन्सारी,लहान –१२ का वडाध्यक्ष बद्री नारायण चौधरी,लहान–१६ का वडाध्यक्ष गरुड बाहादुर जर्घा मगर,लहान –१३ नम्बरका वडाध्यक्ष इश्वर बाहादुर बस्नेत समेत खेलकुदप्रति उत्साह बढाउन उहाँहरु खेल पोशाक लगाएर मैदानमा उत्रेपछि खेल झन् रोमाञ्च भएको थियो । म्यान अफ द म्याच घोषित हुनु भएको हेमन्त यादवलाई रेडियो सरगमका प्रवन्धक फिरोज शेखले पाँच सयको पुरस्कार दिनु भएको थियो ।

को हुन हेमन्त यादव ?

football match chait 13.photo 4
हेमनत यादव लहान–२१ का माधोपुर निवासी स्वर्गीय देव कृष्ण यादवका जेठो सुपुत्र अहिले ३७ वर्षका हुनुहुन्छ । शिक्षा संकायमा स्नाकोत्तर गर्नु भएको यादव २०५७ सालको स्वतन्त्र विधार्थी युनियनको निर्वाचनमा लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहान क्याम्पसका स्ववियु सदस्य हुनु भएको थियो । २०६२ सालमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर राजनीतिमा सक्रिय ह्ुनु भएको यादव ३३ वर्षकै उमेरमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । लहान नगरपालिकाको कम उमेरका वडाध्यक्षहरु मध्येका एक यादव राजनीतिमा उकालो लाग्नुको साथै खेलप्रेमी रहेको प्रमाणित मात्रै होइन, शुक्रबार सम्पन्न म्याचमा दुई गोल गरेर नयाँ रेकर्ड क्याम गर्नुभएको थियो ।

 

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A