मृतक राय परिवारलाई ट्रेड युनियनबाट आर्थिक सहयोग

  • चैत १५, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान, लहान–४ का ४५ वर्षिय विपन रायको मृत्युपछि संस्कार गर्न अटो मेकानिक्स ट्रेड युनियन लहानले ४१ हजार १०५ रुपैया आर्थिक सहयोग गरेको छ ।


शनिबार मृतक रायको घरमै पुगेर युनियनका अध्यक्ष सत्येन्द्र गुप्ता सहित कार्य समतिका पदाधिकारी सदस्यहरु पुगेर नगद आर्थिक सहयोग गरेको थियो । आर्थिक सहयोग गर्दै अध्यक्ष गुप्ताले भन्नुभभयो, ‘विपिन राय (विपती)को ७ गते धरानमा उपचारको क्रममा मृतयु भएको थियो । राय एक असल मिस्त्री र कुशल सवारी चालक हुनुहुन्थ्यो । लकडाउनदेखि आर्थिक रुपमा समस्यामा पर्दै गएको राय पछि म्यानेनज्याष्टिक रोगको कारण थला परेर धरानमा उपचारको क्रममाा मृत्यस मृत्यु भएको परिवारजनबाट थाहा भयो ।’


‘विरामी परेपछि युनियनलाई जानकारी भएको भए हामी उपचारमा नै सघाउथ्यौ । एकासी उपचिारको क्रममा मृतयु भएको खबरपछि लहानको युनियन परिवार नै स्तब्ध भयौ ।तत्काल क्रिया संस्कार गर्नको लागि लहानको युनियनले चन्दा संकलन गरेर आर्थिक सहयोग गरेका हौ’, अध्यक्ष गुप्ताले भन्नुभयो ।


मृतक रायको दुई छोरा र १ छोरी रहेको छ । युनियनबाट भएको सहयोगले ठूलै राहत भएको मृतक रायको जेठा छोरा विश्वास रायले भन्दै अभिभावकको भूमिका युनियनले निर्वाह गरेकोमा धन्यवाद समेत दिनुभयो ।


आार्थिक सहयोग घरमै पुरयाउन युनियनका उपाधयक्ष मनिलाल विश्कर्मा,सहसचिव समिम अन्सारी,सचिाव धनेश्वर साह,कोषधयक्ष रमेश शर्मा,सदस्यहरु रविन्द्र चौधरी र सुदिप यादव समेत सहभागी हुनु भएको थियो । युनियनले आफ्ना सदस्यहरुको आपत विपतमा चन्दा सङकलन गरेर भएपनि आर्थिक सहयोग गर्दै आइरहेको छ ।

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A