नेकपा एमाले स्वस्थ्य पार्टी बनेर समृद्ध नेपाल बनाउने अभियानमा अघि बढिरहेको : मन्त्री श्रेष्ठ

  • चैत १७, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी
नेकपा एमालेको केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज समेत रहनु भएको कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले नेकपा एमाले स्वस्थ्य पार्टी बनेर समृद्ध नेपाल निर्माणको महान अभियानमा रहेको बताउनु भएको छ । सिरहाको अर्नमा गाँउपालिका स्तरीय नेकपा एमालेका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

gutfutko sanskriti nrahane.photo 2
‘एमाले माओवादी मिलेर नेकपा बनेको थियो । सर्वोच्च अदालतले फेरि नेकपा एमाले र माओवादीलाई अलग अलग गरिदिएपछि नेपकपा एमालेलाई स्वस्थ्य र निरोग पार्टी बनाउन सबै तह र तप्काको अगुवा कार्यकर्ताहरु लाग्नुपर्ने समय आएको छ ।’, उहाँले भन्नुभयो ।

gutfutko sanskriti nrahane.photo 3
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पुरा अबधीसम्म चल्ने र जनतासँग गरेको प्रतिवद्धताहरु पुरा गरी छाड्ने लक्षयको साथ अघि बढिरहेको स्पष्ट गर्दै भन्नुभयो,नेकपा एमालेमा रहेरु कुनैपनि तह तप्काका नेता कार्यकर्ता गुटफुटको पछि लागेर अनुशासनहिनताको कार्य गरेमा पार्टीले कार्वाही गर्नपछि पर्दैन ।


पार्टीको विपक्षमा गएका नेता कार्यकर्ताहरु आत्मआलोचना गरेर आएको खण्डमा मात्रै पार्टीभित्र अटाउने मन्त्री श्रेष्ठले प्रष्ट गर्दै अनुशासन र जिम्मेबारी पुरा नगर्नेहरुलाई नेकपा एमालेमा अब कुनै गुनजाइस नरहेको बताउनुभयो ।
नेता कार्यकर्ता न्मान्दार भए जनताले विश्वास गर्ने , जनताले विश्वास गरेको पार्टीले मात्रै सरकार चलाउन सक्ने नीति अनुरुप नेकपा एमाले स्वस्थ्य निरोग पार्टी बनेर समृद्ध नेपाल सुखी नेपालीको नारा कार्यान्वयनमा लागेको उहाँले विश्वास दिलाउनुभयो ।

gutfutko sanskriti nrahane.photo 4
नेकपा एमाले जनताको पक्षमा काम गरेर जनमत बटुलेको पार्टी भएको मन्त्री श्रेष्ठले भन्दै स्थानीय, प्रदेश र संघीय सरकारबाट आएको बजेटबाट विकास निर्माणका कार्यमा कुनै पनि अनियमितता हुन नदिन सचेत रहनुपर्ने धारणा राख्नुभयो ।


तराई मधेशको विकासको जीवन रेखाको रुपमा रहेको हुलाकी सडक निर्माण ,विभिन्न राष्ट्रिय राजमार्ग निर्माण, कृषिलाई आधुनिकीकरण ,शिक्षा स्वास्थ्य लगायत अन्य सविकास निर्माणलाई गति दिन वर्तमान सरकारले दिनरात काम गरीरहेको मन्त्री श्रेष्ठले भन्दै गरवि दलित जनताको हितमा समेत काम गरिरहेको बताउनुभयो ।

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A