लहान । नेपाल पत्रकार महासंघको २५ गते हुने निर्वाचनमा नेपाल पत्रकार महासंघ सिरहा शाखामा दुई प्यानलबीच भीडन्त हुने भएको छ । सिरहा शाखाको कार्यसमितिका लागि हिरालाल चौधरी र मनोज कुमार यादव वनैताको प्यानलबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला निर्वाचन समिति, सिरहाका अनुसार अध्यक्ष पदमा हिरालाल चौधरी र मनोज कुमार यादव बनैताको उम्मेदवारी परेको हो ।
त्यस्तै उपाध्यक्षमा जिवछ यादव ‘उदासी’ र गणेश प्रसाद साहले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्ष महिलातर्फ यमुना खनाल र रिंकु कुमारी दासले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै सचिव पदका लागि शम्भु यादव र शिवदयाल यादवको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पदमा एलिना हिङ्गमाङ्ग चौधरी र बिरेन्द्र प्रसाद नेपालले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी सहसचिव समावेशीतर्फ आशेकुमार विश्वकर्मा र दुर्गा परियार रहेका छन भने सहसचिवमा रामभरोसी महतो र राजेन्द्र महतोको उम्मेदवारी परेको जिल्ला निर्वाचन समिति, सिरहाले जनाएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A