अक्सिजन पाइप झिकेपछि रामबती यादवको मृत्यु दुई लाख ५५ हजारमा दिन तयार भएपछि लास बुझ्न आफन्तजन तयार

  • चैत्र २९, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान, चैत २९ गते । लहान –३ स्थित रहेको सप्त ऋषि अस्पतालमा उपचार गराइरहेकी सखसवानन्कारकटि गाँउपालिका –२ सोठियाइनकी ४३ वर्षिया रामबती यादवको आइतबार विहान अस्पतालबाट बाहिर लैजाने क्रममा नाकमा जोडिएको अक्सिजन पाइप उपचारमा रहेको चिकित्सकले झिकेको केहि बेरमै मृत्यु भएको थियो ।

मृतकका पति श्याम चन्द्र यादव वैदेशिक रोजगारीको क्रममा साउदीमा रहेकोले चैत २६ गते एम्बुलेन्समा ज्वाई रामलोचन यादव सहित आफन्तहरु उपचारको लागि रामबतीलाई लहान स्थित सप्तऋषि अस्पतालमा ल्याएको थियो । एकासी ग्यास बढेर वेहोस भएपछि एम्बुलेन्समा ल्याएर अस्पतालमा भर्ना गराएको ज्वाई राम लोचन यादवले जानकारी दिँदै दुई दिनपछि अवसमा सुधार आएको बताउनुभयो ।


फेरि एकासी स्वास्थ्य अवस्था विग्रदै जान थालेपछि आइसियुमा भर्ना गराएको मृतक राम बत्तीलाई थप उपचारको लागि धरान लैजान लागेको वेला आइतबार विहानै तीन दिनमा अस्पतालमा ७९ हजार खर्च मध्ये दस हजार रुपैया अपुग भएपछि विरामी बाहिर जान दिन्न अस्पतालका चिकित्सकहरुले भन्न थालियो । अन्तयमा उपचारमा रहेको चिकित्सकले अक्सिजन पाइप नाकबाट झिकेपछि रामवती यादव निसासिएर मृत्यु भएको प्रत्यक्षदर्शी आफन्तजनले बताउनुभयो ।


मृत्यु भएपछि अस्पतालमा उपस्थित आफन्तहरुले नारावाजी गर्न थालेपछि केहि एम्बुलेन्स चालक र स्थानीयहरुले कुटपिट समेत गरेर लास लैजान दबाब समेत दिएको मृततकी ज्वाई राम लोचन यादबले जानकारी गराँउदै केहिबेर अस्पतालको कम्पाउड युद्धस्थल जस्तै भएको बताउनुभयो । गाउबाट वडाध्यक्ष बिल्टु यादव सहित गाँउपालिका अध्यक्ष केदारनाथ यादव लगायत स्थानीय व्यक्तिहरुको रोहबरमा अस्पतालका सञ्चालक चिकित्सक डा सुभाष चौधरीले दुई लाख ५५ हजार दिन तयार भएपछि केस मिलेको छलफलमा सहभागीहरुले बताएका छन् ।

सप्तऋषि अस्पतालका सञ्चालक डा सुभाष चौधरीसँग घट्नाबारे जिज्ञासा राख्दा उहाँले भन्नुभयो,‘जे हुनु थियो, त्यो भइहाल्यो । मृतकको आफन्तसँग कुरा मिलिसक्यो ।थप कुराको लागि लन्चमा बोलाउनेछु ।यस विषयलाई तन्काउने काम नगरौ ।’

लहानमा रहेको निजी अस्पताल र क्लिनिकहरुमा उपचार गराउन गाँउबाट आउने महिला बालबालिकाहरुको प्रत्येक वर्ष दुई चार जनाको निजि अस्पताल सञ्चालक चिकित्सकहरुको मृत्युपछि केहि रकम दिएर मिलाउने चलन नै हुन थालेको छ । मृतक परिवारलाई मरेपछि फर्केर आँउदैन । जे दिन्छ त्यो लिइ हाल भन्दै स्थानीय नेताहरु पहल थालेपिछि बाध्य भएर मृतकका परिवार दुइ चार लाख रकम लिएर लास बुझ्ने गरेको स्थानीयहरुले बताँउदै लापरवाही गर्ने अस्पताल सञ्चालक चिकित्सकहरुमाथि कारबाही नहुँदा दुई चार जनाले अनाहकमा प्रत्येकवर्ष ज्यान गुमाउनु परिरहेको गुनासो पोख्नुभयो ।


प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले सप्तऋषि अस्पतालमा रनाबत्ती यादवको मृत्युबारे छानविन गर्न जिल्ला अस्पताल सिरहालाई निर्देशन दिइ सकेको बताँउदै छानविनपछि आउने प्रतिवेदन अनुसार कारवाही गर्ने विश्वास दिलाँउदै निजि अस्पताल र क्लिनिकहरुमा भइरहेको लापरवाही रोक्न नियमित अनुगमन गर्ने बताउनुभयो ।

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A