शिक्षक दिवसको अवसरमा चार दर्जन अवकासप्राप्त शिक्षकहरु सम्मानित

  • चैत २९, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,चैत २३ गते । ४२ औ शिक्षक दिवसको अवसरमा सिरहा जिल्लाका ४८ जना शिक्षकहरुलाई नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाले एक कार्यक्रमको आयोजना गरेर दोसल्ला ओढाएर सम्मानित गरेका छन् ।


सम्मनित गर्दै राष्ट्रिय शिक्षक संगठन प्रदेश २ का अध्यक्ष सकल देव यादवले शिक्षण पेसालाई मर्यादित र आत्मनिर्भर बनाउनको लागि पेशालाई प्राथमिकतामा राखेर सामुदायिक विद्यालयहरुलाई सवल र सफल बनाउन लाग्नुपर्ने तर्क गर्नुभयो ।


उहाँले भन्नुभयो,‘शिक्षकहरु आफ्नो पेसा विर्सनु हुँदैन । विद्यालयको समयमा उपस्थित भएर शैक्षणिक गतिविधिमा सक्रिय रहन जरुरी छ । शिक्षण पेसामा गौरवान्वित महसुस गरेर योगदान पुरयाएको अवकास प्राप्त शिक्षकहरुलाई शिक्षक दिवसको अवसरमा सम्मान गरेर राम्रो परम्पराको थालनी गरेको छ ।’

सम्मनित हुन भएको लहान स्थित जनता आधारभूत विद्यालय बैरिया गुँदीगाँउका प्रधानाध्यापक बद्री नारायण चौधरीले अवकासपछि खोजी गरेर पुरयाएको योगदानको चर्चा सहित दोसल्ला ओढाएर सम्मान गरेकोमा आत्मगौरवान्वित महसुस भएको बताउनुभयो ।


सम्मान कार्यक्रममा नयाँ वर्षको शुभकामना मन्तव्य शिक्षक महासंघ सिरहाका अध्यक्ष अनिरुद्रय राय, नेपाल शिक्षक संघ सिरहाका सचिव राज किशोर यादव,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका नेपाली साह , नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाका शिवनन्दन यादव, हरि श्रेष्ठले व्यक्त गर्दै राष्ट्रिय शिक्षक संगठनले राम्रो कार्य गरेको प्रशंसा गर्नुभयो । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाका अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A