प्रकृतिक विपत्ति र कोरोना महामारीको वावजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने

  • चैत ३१, २०७७
  • समृद्धिपथ
alt

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्रकृतिक विपत्ति र कोरोना महामारीको वावजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् ।

काठमाडौंमा नेपाल विकास अनुशन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौति थपे पनि विकासको लक्ष्य भेट्ने बताए ।

नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेपनि सन २०३० को अन्त्य सम्म दिगो विकासका लक्ष्य भेट्टाउने दृढता व्यक्त गरे ।

नेपालमा विकास अनुशन्धान प्रतिष्ठान जस्ता संस्थाहरुले नेपालको विकासको सम्भावना र चुनौति पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने पनि बताए ।

नेपालको विकासमा अध्ययन अनुशन्धानको ठूलो महत्व रहेको भन्दै मन्त्री ज्ञवालीले भइरहेको विकासको अडचन फुकाउन पनि यस्ता संस्था सहयोगी हुने बताए ।

नेपालले २००४ मा स्थापना गरेको विकास अनुशन्धान प्रतिष्ठानले सरकार र सरकारका विभिन्न निकायलाई नीतिगत सहयोग गर्दै आएको छ ।

विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई संस्थागत संरचनामा गोलबन्द गरी विकास निर्माण, योजना तर्जुमा, जलवायु परिवर्तन, गरिवी निवारण, प्राकृतिक विपत्ती न्यूनिकरण जस्ता क्षेत्रमा नीतिगत सुझाव दिँदै आएको छ ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A