नमूना विद्यालय बनाउने अध्यक्ष मेहताको प्रतिवद्धता

  • बैशाख ३, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान, लहान–३ स्थित लक्षमण ललिता कुशवाहा माध्उमिक विद्यालय रघुनाथपुरका विद्यालय व्यवस्था समतिका अध्यक्ष राम नारायण मेहताले पदभार ग्रहण गर्दै सबैको सहयोगमा नमूना विद्यालय बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।


लहान नगरपालिकाकले अस्थायी विद्यालय वयवस्थापन समिति गठन गरी लक्षमण मेहताको अध्यक्षतामा मनोज यादव,अनिसा खातुन,रिना शर्मा र श्याम महतो सदस्य रहने गरी समिति गठन गरेर पत्र पठाएपछि शुक्रबार विद्यालयले आयोजना गरेको पदभार तथा शपथ ग्रहण कार्यक्रममा अध्यक्ष मेहताले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

school ram n mehta.photo 2
शिक्षक विधाथी आचार संहिता लागु गराउने,त्रैमासिक सिकाइ उपलब्धी , बालमैत्री वातावरण, मासिक रुपमा शिक्षक स्टाफसँग बैठक, सबैको सललाह र सहयोग लिने गरी वृहत्त बैठक र वार्षिक आय व्यय प्रतिवेदन सार्वजानिक गरी नमूना विद्यालय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

school ram n mehta.photo 3

कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री, विद्यालयका दाता तथा पूर्व प्रधानाध्यापक लक्ष्मण मेहताले आफू यस विद्यालयको अवस्था र वयवस्थामा ३०३१ सालदेखि लागि परेको अनुभव साट्दै संस्थाको सर्वोपरि हीत ठानेर व्यक्तिवादी प्रवृतिलाई त्यागेर व्यक्त गरेका सबै प्रतिवद्धता पुरा गर्न समितिलाई शुभकामना दिनुभयो ।
उहाँले भन्नुभयो,‘२०४८ सालदेखि नै सविद्यालयको प्रङगनमा घर बनाएर मुनेश्वर महतोले घर बनाएर समस्या खडा गरेको छ । यस समस्यालाई समेत समाधान गर्न समिति सक्रिय हुन आवश्यक छ । सहमति सहकार्य र एकताको माध्यमबाट विद्यालयको वृहत्तर हितलाई ध्यानमा राखेर समति अघि बढनुपर्छ ।’

school ram n mehta.photo 4

पशुपति आदर्श माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा विद्धान विश्वनाथ महतोले गठित नव समितिलाई भौतिक र शैक्षिक वातावरण बनाएर यस विद्यालयलाई नमूना बनाउन शुभकामना व्यक्त गर्नुभयो । प्रतिस्पर्धी जनशक्ति उत्पादन र ज्ञान विज्ञान र प्रविधि शिक्षालाई प्राथमिकतामा राखेर समय सापेक्ष वातावरण बनाएर समति अघि बढनुपर्ने सुझाव उहाँले दिनुभयो ।
कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुलेश्वर महतो, सदस्य राम सेवक ठाकुर,पत्रकार जिवछ उदासी र पशुपति आदर्श माध्यमिक विद्यालयका शिक्षक अखलेश मिश्रले लहान नगरपालिकाले योग्य सक्षम समिति चयन गरेर पठाएकोमा नगरप्रमुख मुनि साहले स्वागतयोग्य काम गरेको भन्दै समतिको कार्यकाल सफल रहोस भने शुभकामना दिनुभयो ।

school ram n mehta.photo 5
विद्यालयका प्रधानाध्यापक शिव शङकर महतोको अध्यक्षतानमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिक्षक दिलि पण्डितले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक ओम प्रकाश महतोले गर्नु भएको कार्यक्रममा नव गठित समितिका पदाधिकारी , दाता परिवार लगायत विद्यालयका प्रगतिको लागि योगदान गरेका व्यक्तिहरुलाई खाँदा ओढाएर प्रमुख अतिथि पूर्व मन्त्री मेहताले सम्मान गर्नु भएको थियो ।

 

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A