सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सेवा प्रवाह स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको निर्णयअनुसार कार्यालयमा कार्यरत एकजना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएकोले सोमबार विज्ञप्ति जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय, सिरहाको भवनमा रहेको राजश्व संकलन काउन्टरको कक्षमा कार्यरत एक जना कर्मचारीमा गत आइतवार कोरोना पोजिटिभ देखिएकोले कार्यालयका कर्मचारीहरुको पि.सि.आर टेष्टको रिपोर्ट नआएसम्म नियमित रुपमा प्रवाह हुँदै आएको अत्यावक सेवा वाहेक अन्य सबै सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सुचनामा जनाइएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A