आयुर्वेद पद्धति चिकित्सा क्षेत्रको बलियो पाटो बन्दै गएको छ  : अध्यक्ष रामबल्लभ साह

  • बैशाख २१, २०७८
  • समृद्धिपथ
alt


लहान । लक्षमीपुर पतारी गाउँपालिका अध्यक्ष रामबल्लभ साहले आयुर्वेदिक चिकित्सा पद्धति पछिल्लो समयमा चिकित्सा क्षेत्रको बलियो पाटो बन्दै गएको बताउनु भएको छ ।

लक्ष्मीपुर पत्तारी गाउँपालिका आयुर्वेद शाखाले आयोजना गरेको निःुशुल्क आयुर्वेद स्वास्थ्य शिविरको औपचारिक रुपमा उद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।

आयुर्वेदको उपचार दिगो र प्रभाकारी रहेकोले सेवा लिन आम सर्वसाधारणलाई अनुरोध गर्दै अहिले समाजमा आयुर्वेद उपचारका लागि जनचेतनाको कमी रहेकोले जनचेतनाका लागि गाउँपालिकाले प्रयास गरिरहेको बताउनु भयो ।

आयुर्वेद विश्वकै प्राचीन चिकित्सा पद्धति रहेकोले यसको सेवनबाट अन्य असर हुँदैन । आयुर्वेद औषधि प्राकृतिक जडीबुटीबाट बन्ने गरेको बताउनु भयो ।

‘दिगो स्वास्थ्यको आधार, आयुर्वेद उपचार’ भन्ने नारा सहित संचालित स्वास्थ्य शिविरमा विभिन्न प्रकारको ५ सय ८७ जना बिरामीहरुले निःशुल्क स्वास्थ्य सेवा लिएका लक्ष्मीपुर पत्तारी गाउँपालिकाका आयुर्वेद शाखाका प्रमुख धनिकलाल यादवले जानकारी दिनुभयो ।

आयुर्वेदको आधुनिक प्रविधिहरुद्वारा दिईएको सेवामा ग्यास्टिक, पायल्स, गठिया, मधुमेह, उच्च रक्तचाप, पिनास, दमखोकी, छाला सम्बन्धि रोग लगायतको विभिन्न प्रकारको जेनरल बिरामीहरुको आयुर्वेद विशेषज्ञद्वारा निःशुल्क उपचार गरेको उहाँले जनकारी दिनुभयो । शिविरमा बिरामीलाई २६ प्रकारको निःशुल्क औषधी वितरण गरिएको थियोे ।

एक दिनको शिविरमा यति धेरै मानिस आउनुले आयुर्वेद औषधिप्रति जनताको विश्वास भन्ने देखाएको उहाँले विश्वास व्यक्त गर्नुभयो । “जनताको मन आयुर्वेद औषधिले जितेको छ, तर प्रचारप्रसार र जनचेतनाको कमीले गर्दा आयुर्वेदिकतिर आर्कषण घटेको हो”, आयुर्वेद शाखाका प्रमुख यादवले भन्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमिन्त्रा लामा, लेखापाल नरेश कामती, योजना शाखाका प्रमुख चन्देश्वर यादव लगायत गाउँपालिका जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थिति रहेको थियो । दुई जना डाक्टर, बरिस्ठ कविराज निरीक्षक ३ जना, कविराज ५ जना, बरिस्ठ बैध निरीक्षक ८ जना लगायतका जनशक्तिले संयुक्त रुपमा बिरामीको स्वास्थ्य सेवा दिईएको आयोजक लक्ष्मीपुर पत्तारी गाउँपालिका आयुर्वेद शाखाले जनाएको छ ।

शिविरमा सिरहाको लहान, मिर्चैया, गोलवजार, बर्दिवासका बरिस्ठ कविराजहरुद्वारा विरामीको स्वास्थ जाँच गरेको जनाईएको छ । शिविरमा पर्सा, पोखरभिण्डा, रामपुर, पिप्रा, धन्छबार टोलका बिरामी लाभान्वित भएका थिए ।

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A