जिवछ उदासी
लहान नगरपालिकाले चलाएको विभिन्न सिपमुलक तालिमहरु मध्ये मिथिलाआर्ट सम्बन्धी तालिममा महिलाहरुको मोह अत्यधिक देखिएको छ । तालिमबाट आफूहरु यसलाई व्यवसायीकरण गरेर आत्मनिर्भर हुनुको साथै मिथिला कला र संसकृतिको समेत उजागर गर्ने विश्वास व्यक्त गरेका छन् । तालिम कोरोना कहरलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड पुरा गरी चलाइएको थियो ।
लोप हुँदै गइरहेको मिथिला आर्टको तालिम गत विगतका वर्षहरुलेखि नै चलाउने सोच भएपनि यस वर्ष लहान नगरपालिकाका २४ वडाका ३५ जना महिलाहरुलाई बैशाख ७ गतेदेखि सहभागिता गराएर २१ दिने तालिम सोमबार सम्पन्न भएको लहान नगरपालिका महिला शाखाले जनाएको छ ।
त्रेता युगदेखि नै मिथिला क्षेत्रमा प्रख्यात रहेको मिथिला आर्ट बढ्दो आधुनिकीकरणसँगै हराउन गएका यस आर्टको महिमा र गरीमालाई संरक्षण गर्ने उद्येश्यले लहान नगरपालिकाले मिथिलाआर्ट सम्बन्धी गरेको तालिम निकै उपयोगी रहेको प्रेस क्लव सिरहाका उपाध्यक्ष यमुना खनालको भनाइ छ । उहाँको अनुसार यस आर्टलाई प्रचार प्रसार गर्न हरेक कार्यालय संघ संस्था विवाह र धार्मिक अनुष्ठानमा प्रयोग गरे यस क्षेत्रको धार्मिक मौलिकता झल्किने छ । महिलाहरुले सिकेको सिपलाई व्यवहारमा उतार्न पनि त्यतिकै जरुरी छ ।
शाखाका प्रमुख अञ्जना साहका अनुसार मिथिलाआर्ट बारे महिलाहरुले पहिलेदेखि नै गरिरहेको मागलाई पुरा गर्न थालेको तालिमबाट तालिमप्राप्त महिलाहरुमा यसलाई वयवसायिक रुपमा सञ्चालन गर्ने हिम्मत जुटेकोले तालिम निकै फलदायी रहेको बताउदै यस तालिको लागि कूल खर्च सात लाख २५ हजार छुटयाएको जानकारी दिनुभयो ।
तालिमबाट सिकेको सीप र ज्ञानलाई व्यसायिक रुपमा व्यवहारमा उतार्ने सहभागी सुरेखा यादवले भन्दै हराँउदै गएको मिथिला आर्टलाई व्यवसायीकरण गरिदिन लहान नगरपालिकाले बजार व्यवस्थापनमा समेत सहयोग गरिदिनुपर्ने माग गर्दै हाम्रो मागलाई लहान नगरपालिका महिला शाखाले सुनि दिएकोमा खुसी व्यक्त गर्नुभयो ।
लहान नगरपालिका उपप्रमुख सरियार चौधरीले मिथिलाआर्ट प्रति महिलाहरुको देखिएको आकर्षणले हराउदै गएको मथिलाआर्ट फेरि व्यवहारमा आनुको साथै यसले व्यवसायी गर्न महिलाहरु सहकारीको माध्यमबाट अगाडि बढे नगरपालिकाकाट आर्थिक सहयोग गर्नुको साथै बजार व्यवस्थापनमा समेत सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
आर्ट सिकाउनु प्रशिक्षक पुनम कुमारी दासका अनुसार धनुषा महोत्तरी जिललाहरुमा मिथिलाआर्ट प्रति देखिएको आकर्षण सिरहातर्फ समेत विस्तार हुने आधार स्थानीय तहहरुले तालिम सञ्चालन गरेको प्रयास सराहनीय रहेको बताउनुभयो ।
मिथिला आर्टमा विवाह , स्वयम्बर ब्रत, पर्व, कोहभर, छठ, होली , जनकपुर सलहेस र कृषि पेशा तथा महिलाहरुले गर्ने घरभित्रका कठिन कार्यहरुको तस्बीर समेटिएको अर्का प्रशिक्षक हरेराम यादवले भन्दै यस आर्टको सामग्री सबै बजारमा उपलब्ध हुन नसक्नु र महगो आर्ट भएकोले यसमा स्थानीय तहहरुले सुरुमा पुँजी लगानी गरेर सहयोग गरिदिनुपर्ने सुझाव दिनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A