जिवछ उदासी
कोरोनाको कहरमा लहान नगरपालिका –१ नयाँ बस्तीमा सोमबार राती हतियार सहित आएका डाकाहरुले एक पटक फेरि फिल्मी शैलीमा इन्द्रदेव ठाकुरको घरबाट ६ लाख नगद सहित आठ लाख लुटेर भाग्न सफल भएका छन् । लहान नगरपालिकामा यो लगायत आधा दर्जनभन्दा बढी शृङखलाबद्ध डकैतीका घटनाहरु भएपनि प्रहरीले डाकाहरुको गिरोहलाई नियणत्रणमा लिन नसक्दा स्थानीयहरु भयभित बनेका हुन् ।
सोमबार राती १२बजेर ३६ मिनेटमा लहानको नयाँ बस्तीको नामले चिनिने विद्युत प्राधिकरणको पूर्वपटिको बस्तीमा इन्ददेव ठाकुरको घरमा आठ जनाको समूहमा डाकाहरु हातमा हतियार नकाबले अनुहार छोपिएको तालिमप्राप्त पेशेबर डाका डाल्ने प्रकृतिका डकैतहरुले प्रवेश गरेर एक घण्टा समय विताएर आरामले डाका डालेर भाग्न सफल भएको पीडित घरपटी इन्द्रदेव ठाकुर बताँउछन ।
उहाँको अनुसार राती ११ बजे पानी पर्न थालेपछि छतमा रहेको गृल ढोका लगाउन विर्सेको कारण वासको सिढी बनाएर छतमा पुगेर घरभित्र डाकाहरु सजिलै प्रवेश गरियो । प्रवेश गर्ने वित्तिकै कान्छो छोरा १३ वर्षिय श्री कान्त ठाकुरलाई उठाएर घरमा को को रहेको सबै जानकारी लिएर जेठो छोरा ओम ठाकुरलाई श्रीकान्तलाई नै प्रयोगगरी निन्द्राबाट ब्युझाउने काम गरियो । हतियार सहित जेठो छोरालाई नियणत्रणमा लिएर बुधबार जग्गा बेचेको रुपियाँ कहा छ ? साचो मागेर ६ लाख नगद र दुई लाखको गहना लिएर आरामले डकैती गरेर पश्मितर्फ भाग्यो । डाकाहरु भाग्ने वितिकै प्रहरीलाई सम्पर्क गर्दा फोन रिसभि भएन । घटना घटेको एक घण्टापछि इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी आयो ।
दुई महिना नपुग्दै लहान–१ कै अशोक होटेलबालाको घरमा डकैती हुनु,लहान –२ मिलन चोकमा सविता किराना पसलका सञ्चालक बिन्देश्वर यादवको किराना पसलबाट सात लाख लुटेर डाकाहरु फरार हुनु ,त्यसको लगतै लहान –२३ सिथत गढा चोकमा सुन चाँदी व्यवसायी मजदूर प्रदिप विश्वकर्माको हत्या गरेर भएभरका सबै सुन चाँदी लुट्नु, त्यसपछि लहान –७ स्थित महालक्ष्मी ज्वेलर्सका सञ्चालक राजेश शारडाको घरमा दिन दहाडे डकैती गर्नु लगायतका घट्नाहरुले लहानका शहरी र ग्रामीण क्षेत्रका स्थानीयहरु भयभित हुनु स्वभाविकै भएको स्थानीय दिपेश यादवको भनाई रहेको छ ।
डाकाको प्रकृति हेर्दा पेशेवर स्थानीय डाकाहरु हुन सक्ने अनुमान र प्रमाणहरु स्थानीयहरु आफै खोजेर विश्लेष्ण गर्न थालेका छन् । स्थानीय र पीडितहरुको भनाइ अनुसार डाकाहरु २० देखि २५ वर्षका युवाहरु पातलो शरीर मैथिली भाषाभाषी भएपनि हिन्दीमा बोलेर झुक्याउने डाका दिनुभन्दा अगाडि वरिपरि दुई चार जना युवाहरु नियमित आएर सारा सूचना लिने देखिएको छ ।
बस गाडीमा लेखिएको भनाई ‘आफ्नो समानको सुरक्षा आफै गरौ’ भने भनाइलाई आत्मसात गरी आफ्नो टोला माहोलाको सुरक्षा आफै गर्ने अवस्था आएको अर्का स्थानीय श्रीपैत रामले भन्दै घटना घटेको एक घण्टापछि प्रहरी आउनु फोन गर्दा फोन नै रिसिभ नहुनुले त्यहि प्रमाणित गरेको पीडा पोख्नुभयो ।
सुनचाँदी व्यवसायी शारडाको घरमा भएको डकैती लगतै सिरहाका जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अधयक्ष अशोकलाल आमात्यको पहलमा बसेको जिलला सुरक्षा संयन्त्रको बैठकमा इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक डा. तपन दाहालले दसदिनपछि प्रहरीले सबै अपराधी र डाकाहरुको सञ्जाल पत्ता लगाई छाड्ने विश्वस्ता गराउनु भएको थियो । उहाँको प्रतिवद्धता पुरा हुनु कता हो कता लहान–१ मा फेरि फिल्मी शैलीमा सोमबार डकैती भएको छ ।
यता लहान प्रहरीको अनुसार गेट, भ्mयाल, ढोका सबै बन्द गरेर सुरक्षित साथ सुत्ने, कुनै त्यस्ता गतिविधि देखेपछि प्रहरीलाई तुरुन्तै सम्पर्क गर्ने लगायतका कामहरु समयमा नहुँदा तत्काल डाकाहरु उम्किन सफल भएपनि प्रहरीले अनुसन्धान र खोजी गरिरहेको छ ।
लहान–२ मा गौ हत्यामा संलग्न दुई जना प्रहरी नियणत्रणमा
लहान–२ मिलनचौकका मो जनत र सहजादी खातुन गौ हत्या गरेको घट्नामा संलग्न रहेको आशंकामा दुई जनालाई नियणत्रणमा लिएको छ । पोखरीको डिलमा घर भएका उनिहरुले २३ गते राती बाछी खरिद गरेर ल्याई काटेर पहिलेदेखि नै सेटिङग रहेका लहान –४ का केहि मुस्लिम समुदायहरुले खरिद गरेको कुरा खुलेको छ । प्रहरीले खोजतलास गर्दा फ्रिजबाट मासु र गाई काटेको छाला हडी बरामद भएको थियो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ पशुपन्छी सम्बनधी कसुरको दफा २८ को उपदफा २ बमोजिम गौ हत्या गरेमा ३ वर्ष कैद हुने व्यवस्था रहेको छ । गौ हत्याका मुख्य योजनाकार फरार रहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A